१२ पुष २०८२, शनिबार
अर्थ बागमती मुख्‍य समाचार समाचार

सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट

काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओको बाँडफाँट बुधबार सम्पन्न गरेको छ ।

कम्पनीले १० करोड रुपैयाँ बराबरको, प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १० लाख कित्ता साधारण शेयर विदेशमा कार्यरत नेपालीहरूका लागि निष्काशन गरेको थियो । उक्त आईपीओका लागि ६२ हजार ९६८ जनाले २१ लाख ८ हजार ८२० कित्ता शेयरका लागि आवेदन दिएका थिए ।

मागभन्दा धेरै आवेदन परेकाले बाँडफाँट गोलाप्रथामार्फत गरिएको हो । बाँडफाँटका अनुसार १० कित्ताका लागि आवेदन दिने २० हजार ६५ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । त्यस्तै, १० कित्ताभन्दा बढीका लागि आवेदन दिने ४२ हजार ८८२ जनामध्ये ३७ हजार ५३ जनाले थप १० कित्ता प्राप्त गर्दै कुल २० कित्ताका दरले शेयर पाएका छन् ।

सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँटपछि अब लगानीकर्ताहरूले केही दिनभित्र सी–आस्बा खातामार्फत शेयर प्राप्त गर्नेछन् ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि