३ फाल्गुन २०८२, आईतवार
गण्डकी मुख्‍य समाचार समाचार समाज

मध्यपहाडी लोकमार्ग बनाउन माग गर्दै आन्दोलन

सुन्दरबजार लमजुङ, २४ मङ्सिरः पुष्पलाल मध्यपहाडी लोकमार्ग अविलम्ब बनाउनुपर्ने माग गर्दै दबाबस्वरुप आज सुन्दरबजारको खत्रीठाँटीमा चक्काजाम गरिएको छ ।

राष्ट्रिय गौरवको आयोजना मानिएको मध्यपहाडी लोकमार्ग निर्माणको क्रममा सुन्दरबजार क्षेत्रमा स्थानीयको अवरोधका कारण सडक निर्माण हुन सकेको छैन । लमजुङको सुन्दरबजार नगरपालिका–६ को क्याम्पस गेटदेखि खत्रीठाँटीसम्म स्थानीयले क्षतिपूर्तिको माग गर्दै सडक निर्माण हुन नदिएपछि करिब दुई किलोमिटर सडक बन्न सकेको छैन ।

सुन्दरबजारको यस क्षेत्रबाहेक अन्य स्थानमा काम भइसकेका कारण स्थानीय धुलोमा बस्नुपरेको र विकाससमेत अवरुद्ध बनेको भन्दै सङ्घर्ष समितिले चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रम आयोजना गरेको हो । यसअघि सङ्घर्ष समितिले सडक निर्माण हुनुपर्ने र सहजीकरणको माग गर्दै प्रमुख जिल्ला अधिकारी, आयोजना कार्यान्वयन एकाइ पालुङटार र नगरपालिका समक्ष ज्ञापन पत्र समेत बुझाइसकेको जनाएका छ ।

नगरपालिकामा पटकपटक यस विषयमा ध्यानाकर्षण पत्र बुझाइसकिएको भए पनि यस विषयमा स्थानीय तहले कुनै सकारात्मक कदम नचालेको सङ्घर्ष समितिको गुनासो छ । बजार क्षेत्रबाहेक अन्यत्र निर्माण कार्य पूरा भइसकेको सडकको छोटो खण्ड निर्माण हुन नसक्दा यात्रु र सवारीसाधनलाई कठिन भएको, धुलो र सडकमा पानी जम्ने खाल्डाखुल्डी भएका कारण समस्या भएको स्थानीयको भनाइ छ ।

मध्यपहाडी लोकमार्गमा परेको सडक भएका कारणले यहाँ स्थानीय सरकारले समेत मर्मत गर्न नमान्दा सडकको अवस्था झनै नाजुक बन्दै गएको छ । सोही सडक निर्माण हुन नसकेमा सधैँ पछाडि परिने भन्दै स्थानीयले अबिलम्ब सडक निर्माणको माग गरेका हुन् । स्थानीयले आफू कहाँ आएको विकासलाई रोक्न नहुने भन्दै गरिएको आन्दोलनलाई अधिकांश व्यक्ति, नागरवासी र जिल्लावासीले सकारात्मक रुपमा लिएको भन्दै आफूहरुले समेत साथ दिने बताएका छन् ।

सडक बनाउनुपर्ने दबाब दिनका लागि गठित ११ सदस्यीय सङ्घर्ष समितिले बुधबारबाट चरणबद्ध आन्दोलनका कार्यक्रमसमेत तय गरेको छ । सङ्घर्ष समितिको संयोजकमा राजेन्द्र केसी, सहसंयोजक चित्रबहादुर केसी रहेका छन् ।

सङ्घर्षका कार्यक्रम अनुसार मङ्सिर २६ गते सुन्दरबजार नगरपालिकाको कार्यालय प्रवेश गरी बिहान ९ः०० देखि ११ः०० बजेसम्म तालाबन्दी गर्ने कार्यक्रम तय भएको छ भने मङ्सिर २७ गते खत्रीठाँटीदेखि क्याम्पस गेट सम्म शान्तिपूर्ण रुपमा प्लेकार्डसहित नारा जुलुस गर्ने र मिलनचोकमा कोणसभा गरी सडक निर्माणको पहल गर्न सम्बन्धित निकायहरुलाई दबाब दिने कार्यक्रम तय भएको बताइएको छ । चरणबद्ध रुपमा आन्दोलन गर्दासमेत सडक निर्माणमा कुनै पहल नभएमा बाँकी कार्यक्रम तय गरिनेसमेत समितिले जानकारी दिएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि