१२ माघ २०८२, सोमबार
बागमती मुख्‍य समाचार समाचार

मदेइरामा सञ्चालित शिविरबाट १०० जनालाई कूटनीतिक सेवासहित १८ लाख राजस्व सङ्कलन

लिस्बन पोर्चुगल, २३ मङ्सिर ः पोर्चुगलको सामुद्रिक टापु मदेइरा मा सञ्चालित दुईदिने घुम्ती शिविरबाट १०० नेपालीले कूटनीतिक सेवा लिएका छन् ।

लिस्बनस्थित नेपाली दूतावासको टोलीले मदेइरा आइल्याण्डको फुन्चालमा सञ्चालन गरेको राहदानी नवीकरण तथा कागजात प्रमाणीकरण कन्सुलर सम्बन्धी शिविरमा उपस्थित भई ८१ जनाले जैविक विवरण बायोमेट्रिक्स उपलब्ध गराइ राहदानीका लागि अनुरोध गरेका हुन् ।

शिविरबाट ७५ जनाको राहदानी नवीकरण, दुई जनाको हराएको राहदानी र चार बालबालिकाको नयाँ राहदानी ई–पासपोर्ट समेत गरी ८१ जनाको आवेदन सङ्कलन गरिएको नेपाली दूतावासले स्पष्ट गरेको छ ।

राहदानी आवेदनका अतिरिक्त १५ जनाको प्रहरी चारित्रिक प्रमाणपत्र ९प्रहरी रिपोर्ट० सहित अन्य कागजात प्रमाणीकरण र चार जनाको राहदानी वितरण गरी कूल १०० सेवाग्राही नेपालीले सेवा लिएको दूतावासका प्रथम सचिव रामबाबु नेपालले राससलाई जानकारी दिए । शिविरबाट करिब ११ हजार युरो अर्थात् रु १८ लाख ४० हजार राजस्व सङ्कलन भएको उनले बताए ।

गत शनिबार र आइतबार सञ्चालित शिविरमा राहदानीको म्याद सकिएका, छ महिनाभन्दा कम भएका, राहदानी क्षति भएका, हराएका र बालबालिकासमेतको विद्युतीय राहदानीका लागि आवेदन सङ्कलन गरिएको दूतावासले जनाएको छ । यस्तै, तयारी अवस्थामा रहेका राहदानी वितरण, प्रहरी ‘रिपोर्ट’ सहित अन्य कागजात प्रमाणीकरण तथा अधिकृत वारेसनामा प्रमाणीकरणलगायतका ‘कन्सुलर’ सेवा प्रदान गरिएको थियो ।

दूतावासले मदेइरा टापुमा पहिलोपटक घुम्ती शिविर सञ्चालन गरेको हो । यसअघि गत महिना पनि दूतावासले पोर्चुगलको फारो सहरमा घुम्ती शिविर सञ्चालन गरी २०० नेपालीलाई सेवा दिएको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि