७ पुष २०८२, सोमबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

‘भारतमा मृत्यु भएका नेपालीहरुको शव व्यवस्थापन तथा राहत तत्काल प्रदान गरियोस’

 

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले शनिबार भारतको गोवामा र उत्तरप्रदेशमा भएका आगलागीका घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आगलागीका घटनामा मृत्यु भएका सातजना नेपालीको शव व्यवस्थापन तथा आवश्यक राहत प्रदानका लागि सरकारले छिटो कदम चाल्नुपर्ने समेत बताएका हुन् ।

उनले लेखेका छन्, ‘भारतको गोवा र उत्तरप्रदेशमा भएका आगलागीका घटनामा सातजना नेपालीको मृत्यु भएको दुःखद खबरले म स्तब्ध बनेको छु । कीर्तिशेष दाजुभाईहरूमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।’

साथै संयोजक प्रचण्डले आफ्नो पार्टीका सम्बन्धित प्रवास समितिहरूलाई मृतकहरूका शव व्यवस्थापन तथा आवश्यक राहत प्रदानका लागि समन्वय र सहजीकरणका लागि निर्देशन दिएका छन् ।

‘मृतकहरूका शव व्यवस्थापन तथा आवश्यक राहत प्रदानका लागि सरकारले छिटो कुटनीतिक कदम चालोस् भन्ने आग्रह गर्दछु। साथै, पार्टीका सम्बन्धित प्रवास समितिहरूलाई समन्वय र सहजीकरणका लागि निर्देशन गर्दछु,’ उनले लेखेका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि