५ पुष २०८२, शनिबार
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

बैतडीको सुर्नयामा चियाखेतीका लागि सम्भाव्यता अध्ययन

दशरथचन्द बैतडी, २३ मङ्सिरः बैतडीमा चियाखेतीका लागि सम्भाव्यता अध्ययन गरिएको छ । यहाँको सुर्नया गाउँपालिकाका तीन वडाका उच्च क्षेत्रमा चियाखेतीका लागि प्रारम्भिक सम्भाव्यता अध्ययन गरिएको हो ।

गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार प्राविधिकसहितको टोलीले प्रारम्भिक सम्भाव्यता अध्ययन गरेको गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए। नेपाल राष्ट्रिय चिया तथा कफी विकास बोर्डका चिया विकास अधिकृत गौरव लुइँटेलसहितको टोलीले चियाखेतीका लागि प्रारम्भिक सम्भाव्यता अध्ययन गरेको उनले जानकारी दिए ।

पहिलो चरणमा वडा नम्बर ५ को धुलिधार र रडीगाउँ, वडा नम्बर ६ को धुलिधार, कलालपसे, जित्कीजुँवाड र मुसे तथा वडा नम्बर ७ को जित्कीजुँवाड, दाङलगायत क्षेत्रमा प्रारिम्भक अध्ययन गरिएको हो । बोर्डका अधिकारीहरुले सम्भावित स्थानको माटो नमूना परीक्षणका लागि लगेका छन् । यसको रिपोर्ट आउन दुई हप्ता लाग्छ, उनले भने, अहिले प्रारम्भिक सम्भाव्यता अध्ययन गरिएको हो । रिपोर्ट आएपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्छौँ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि