५ पुष २०८२, शनिबार
मुख्‍य समाचार विशेष समाचार समाचार सुदूरपश्चिम

सुदूरपश्चिममा लगानीको विशाल सम्भावना छ : मुख्यमन्त्री शाह

अत्तरिया कैलाली, २२ मङ्सिर : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिममा लगानीको विशाल सम्भावना रहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घले सुदूरपश्चिम प्रदेश लगानी सम्मेलनका अवसरमा तयार पारेको ‘सुदूरपश्चिम प्रदेशमा लगानी सम्भावना, अवसर तथा चुनौती स्थिति पत्र– २०८१ आज बुझ्दै उनले यस्तो बताएका हुन् ।

मुख्यमन्त्री शाहले प्रदेश सरकार लगानी अनुकूल वातावरण निर्माणलाई प्राथमिकता दिएर अघि बढिरहेको बताए । उनले भने, प्रदेश सरकार लगानी मैत्री वातावरण बनाउनतिर लागेको छ । निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

स्थिति पत्र हस्तान्तर गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रपसाद ढकालले सुदूरपश्चिममा पर्यटन, कृषि, जडीबुटी, धार्मिक तथा जलस्रोत क्षेत्रमा अपार सम्भावना रहेको बताए । उनले नेपालमा नकारात्मक धारणाभन्दा पनि सकारात्मक ऊर्जा र लगानीमैत्री सोच आवश्यक भएको बताए।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि