४ फाल्गुन २०८२, सोमबार
गण्डकी मुख्‍य समाचार समाचार

दुई वर्षमा सक्नुपर्ने काम ६ वर्षमा ६५ प्रतिशत मात्रै

ढोरपाटन बागलुङ, २२ मङ्सिरः दक्षिण बागलुङको लाइफ लाइन का रूपमा रहेको कुश्मिसेरा–राङ्खानी सडक छ वर्षमा ६५ प्रतिशत मात्रै काम सकिएको छ । निर्माण कम्पनीको लापरबाहीका कारण सडक कालोपत्रको कामले गति लिन नसकेको हो ।

समयमै कालोपत्र नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ । निर्माण व्यवसायीले सरसर्ति काम गरेको भए चार वर्ष अगाडि नै कालोपत्र भइसक्थ्यो । विसं २०७६ असोजमा दुई वर्षमा सक्ने गरी ठेक्का सम्झौता भएको सडकको छ वर्षमा आधा मात्रै काम भएको हो । समय समयमा ठेकेदार सम्पर्कविहीन हुँदा सडक अलपत्र पर्दै आएको थियो । अहिले लामो समयपछि काम गर्न थालेको छ । कुश्मिसेरादेखि देवलधारासम्मको १० किलोमिटर सडक हिउँदमा धुलो तथा बर्खामा हिलोका कारण स्थानीय र यात्रुले सास्ती खेप्नुपरेको छ । सडकको धुलोका कारण बारीका तरकारी, फलफूल र घाँस सबै ढाकिने गरेको स्थानीय कसलचन्द्र पाध्यायले गुनासो गरे ।

यो सडक खुलेको धेरै वर्ष बित्यो तर अहिलेसम्म स्तारोन्नति हुन सकेको छैन, बर्खाभरी हिलो बगेर बारीका अन्नबाली बसै पुरिन्छ, हिउँदमा धुलो घरभित्रै पस्छ, बसाइँसराइ गरेर कता जानु ? नजाउँ धुलो र हिलोले हैरान बनायो, उनले भने, यहाँभन्दा माथिको सडक कालोपत्र भयो, कुश्मिसेरासम्म पक्की नै छ, सडक कालोपत्रको जिम्मा पाएर काम नगर्नेलाई कारबाही गर्नु प¥यो ।

जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले वर्षौदेखि सडक स्तरोन्नति नहुँदा बागलुङको जैमिनी नगरपालिका र बरेङ गाउँपालिका सहित गुल्मीका हजारौँ नागरिकले सास्ती खेप्नुपरेको बताए । काम समयमै सक्नका लागि निर्माण कम्पनीलाई बारम्बार आग्रह गर्दै आएको भन्दै अहिले तीव्र गतिमा काम गर्ने छनक देखाएको शर्मा बताउछन् ।

बागलुङको जैमिनी नगरपालिका र बरेङ गाउँपालिकालाई समेट्दै गुल्मीको शान्तिपुर जोड्न यो प्रमुख सडक हो । रु २४ करोड ५८ लाखमा २०७८ सालमा सक्ने गरी पूर्वाधार विकास कार्यालय बागलुङ मार्फत शर्मा क्याराभान जेभीसँग ठेक्का सम्झौता भएको थियो । समयमै काम नसकेपछि अहिले सम्म पाँच पटक म्याद थप गरेको पूर्वधार विकास कार्यालयका इञ्जिनीयर प्रकाश श्रीसले जानकारी दिए । चैत अगाडि पाँच किलोमिटर र त्यस पछाडि बाँकी सडक कालोपत्र गर्ने गरी काम भइरहेको उनको भनाइ छ ।

इञ्जिनीयर श्रीसले भने, यहाँको १० किलोमिटर सडकलाई अब दुई खण्डमा काम गर्ने गरी निर्माण कम्पनी अगाडि बढेको छ, अहिले चिसो बढेको हुँदा रुम्टाखोला सम्म अब तत्कालै कालोपत्र गर्ने र त्यस भन्दा माथि चैत पछाडि गर्ने भनिएको छ, निर्माण कम्पनीले सडक फराकिलो बनाउने सँगै कालो पत्रका लागि बेस ओसार्ने काम गरी रहेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि