५ पुष २०८२, शनिबार
मधेश मुख्‍य समाचार राजनीति विशेष समाचार

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्रीसहित मन्त्रीहरुले लिए पद तथा गोपनीयताको सपथ

जनकपुर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णा यादवसहित तीनजना मन्त्रिहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

आइतबार जनकपुरधामस्थित मधेश भवनभित्र आयोजना गरिएको सपथ ग्रहण कार्यक्रममा उनीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् । गत शुक्रबार सात दलिय गठबन्धनले नेपाली कांग्रेसका कृष्णा यादवको नेतृत्वमा मधेश प्रदेश सरकारका लागि दाबी पेश गरेका थिए । सोही दिन प्रदेश प्रमुख डा.सुरेन्द्र लाभ कर्णले कृष्णा यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका थिए ।

तत्कालका लागि नेपाली कांग्रेस, जनमत पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबाट १÷१ जनालाई मन्त्री पद दिएर मन्त्रीमण्डल विस्तार गरिएको छ ।

जनमत पार्टीबाट महेश यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने कांग्रसका जंगीलाल राय र नेकपा एकीकृत समाजवादी पार्टीका कनिष पटेललाई विना विभागीय मन्त्री बनाइएको छ । नवनियुक्त तीनै जना मन्त्रीहरूले आजै शपथ ग्रहण समेत गरेका छन् ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।