२ माघ २०८२, शुक्रबार
कोशी मुख्‍य समाचार समाचार समाज

खोटाङमा शिक्षकलाई स्थानीय भत्ताको व्यवस्था

खोटाङ, २१ मङ्सिरः हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयका शिक्षकलाई स्थानीय भत्ता प्रदान गर्ने निर्णय गरेको छ ।

शनिारको कार्यपालिका बैठकले नगरक्षेत्रका विद्यालयका शिक्षक तथा कर्मचारीका लागि स्वीकृत सरकारी कार्यविधिअनुसार चालु आर्थिक वर्षदेखि स्थानीय भत्ता प्रदान गर्ने निर्णय गरेको हो ।

नगरप्रमुख विमला राईका अनुसार स्थायी, स्वीकृत दरबन्दीमा कार्यरत अस्थायी,करार र प्राविधिक समूहका प्रशिक्षक तथा सहायक प्रशिक्षकलाई पनि स्थानीय भत्ता प्रदान गर्ने निर्णय भएको छ । शिक्षकहरूको मनोबल बढाएर सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न उक्त निर्णय भएको हो ।

जिल्लाको दोस्रो ठूलो ९११ वडा रहेको नगरपालिकामा १२ वटा माध्यमिक कक्षा १२ सम्म, १५ वटा आधारभूत कक्षा १ देखि कक्षा ८ सम्म र ५९ वटा प्राथमिक तह कक्षा १ देखि कक्षा ५ सम्म० गरी ८६ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन् । अब भत्ताबापत पालिकाको व्ययभार एक आर्थिक वर्षमा रु एक करोड ७३ लाख थपिने छ ।
बालविकास केन्द्रदेखि कक्षा १२ सम्म करिब पाँच हजार २०० विद्यार्थी अध्ययनरत यो नगरपालिकामा ३०९ जना शिक्षक कार्यरत छन् । माध्यमिक तहमा १४, निम्न माध्यमिकमा २८ र प्राथमिक तहमा १६० जना छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि