७ पुष २०८२, सोमबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

बालबालिकामाथि हुने हिंसाबारे सातै प्रदेशका सरोकारवालाहरुसँग छलफल

ललितपुर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप), भोइस अफ चिल्ड्रेन तथा सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालको संयुक्त आयोजनामा ‘बालबालिकामाथि हुने हिँसा न्यूनिकरणमा सरोकारवालाको भूमिका’ विषयक छलफल कार्यक्रम ललितपुरको चकुपाटमा सम्पन्न भएको छ ।

शनिबार आयोजित कार्यक्रममा सातै प्रदेशका प्रतिनिधि तथा बाल अधिकार क्षेत्रमा क्रियाशील सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको हो ।

कार्यक्रममा सहभागीहरूले बालबालिकामाथि हुने शारीरिक, मानसिक, लैङ्गिक, अनलाइन तथा घरभित्रकै हिंसाका रूपहरूको पहिचान गर्दै ती कसरी, कहाँ र कसको तर्फबाट बढी हुने गर्दछ भन्ने विषयमा विस्तृत छलफल गरेका थिए ।

विशेषगरी विद्यालय, परिवार, अनलाइन प्लेटफर्म तथा समुदायमै हुने दुव्र्यवहार र त्यसले बालबालिकाको सुरक्षा र मनोवैज्ञानिक अवस्थामाथि पार्ने प्रभावबारे सहभागीहरूले आफ्ना अनुभव र तथ्यसहित प्रस्तुत गरेका थिए ।

छलफलमा बालबालिकामाथि हुने हिंसा रोकथामका लागि अभिभावकदेखि स्थानीय सरकार, विद्यालय, समुदाय, सञ्चार माध्यम र अधिकारकर्मी सबैको समन्वित भूमिकाको आवश्यकता रहेको जोड दिइएको थियो ।

सहभागीहरूले प्रभावकारी रोकथाम प्रणाली, सचेतना अभियान, अनुगमन संयन्त्र मजबुत पार्ने तथा बालमैत्री सहयोग सेवालाई सहज र सबैको पहुँचमा पु¥याउनुपर्ने सुझावसमेत दिएका थिए ।

 

 

 

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि