७ पुष २०८२, सोमबार
गण्डकी मुख्‍य समाचार विशेष समाचार समाचार समाज

बागलुङ महायज्ञः भवन निर्माणका लागि ९ करोड ७७ लाख दान प्राप्त

बागलुङ । बागलुङ शाखाको भवन निर्माण सहयोगार्थ निरयघाटमा कार्तिक २१ देखि २८ गतेसम्म सञ्चालन भएको महायज्ञको आर्थिक प्रगति विवरण शनिबार सार्वजनिक गरिएको छ। मानवसेवा आश्रमले निरयघाटमा सञ्चालन गरेको महायज्ञबाट ९ करोड ७७ लाख ७२ हजार ६१ रुपैयाँ दान प्राप्त भएको आश्रमकाे वित्त विभागले जानकारी दिएकाे हाे ।

विवरण अनुसार महायज्ञमा नगद, चेक र क्युआरमार्फत ७ करोड ६९ लाख १७ हजार २ सय ७५ रुपैयाँ प्राप्त भएको छ । साथै प्रतिबद्धता तर्फबाट कुल १ करोड ९० लाख ८४ हजार ६ सय ६० रुपैयाँ बराबरको प्रतिबद्धता प्राप्त भएको छ। प्रतिबद्धतामा सरकारी निकाय तथा स्थानीय तहबाट १ करोड २९ लाख ४१ हजार ९ सय २१ रुपैयाँ, व्यक्तिगत प्रतिबद्धता २५ लाख १० हजार ६ सय ६१ रुपैयाँ र संस्थागत प्रतिबद्धता ८५ लाख ७ हजार २ सय ५ रुपैयाँ रहेको छ।

महायज्ञमा दानपेटिकाबाट ९ लाख ९४ हजार ३ सय ६५ रुपैयाँ, तुलादानबाट ५ लाख ३८ हजार ५ सय ६१ रुपैयाँ र धानचामल बिक्रीबाट २ लाख ३८ हजार रुपैयाँ प्राप्त भएको आश्रमले जनाएको छ।

संकलित रकममध्ये अक्षयकोष शीर्षकमा ३० लाख ४७ हजार ६ सय ५९ रुपैयाँ, भवन निर्माण शीर्षकमा ५ करोड ६ लाख ४९ हजार १ सय ४९ रुपैयाँ र महायज्ञ व्यवस्थापन शीर्षकमा २ करोड ३४ लाख ९९ हजार ७ सय ७६ रुपैयाँ प्राप्त भएकाे छ।

यसैबीच कालिका भगवती मन्दिर व्यवस्थापन समितिले २०८२ मंसिर १ देखि २०८३ असार मसान्तसम्म उठाइने पार्किङ शुल्क भवन निर्माणमै प्रयोग गर्ने सहमति भएको छ।

बागलुङ, पर्वत, म्याग्दी लगायतका जिल्लाका साथै देश तथा विदेशमा रहेका मनकारी दाताहरूको साथ र सहयोगले महायज्ञ भव्य रूपमा सम्पन्न भएकाे हाे। निरयघाट क्षेत्रमा निर्माणाधीन मानवसेवा आश्रम बागलुङ शाखाको भवन आगामी चैत मसान्तसम्म सम्पन्न गरी २०० जना सहयोगापेक्षीलाई सेवा प्रदान गर्ने लक्ष्य आश्रमले राखेको छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि