६ पुष २०८२, आईतवार
गण्डकी मुख्‍य समाचार विशेष समाचार समाचार

शिशु निकेतन डान्सिङ तथा सिङ्गिङ स्टार २०८२ सम्पन्न

स्याङ्जा । शिशु निकेतन अङ्ग्रेजी आवशिय माध्यमिक विद्यालयमा डान्सिङ तथा सिङ्गिङ स्टार २०८२ सम्पन्न भएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका वडा न ३ मा रहेको शिशु निकेतनमा डान्सिङ तथा सिङ्गिङ स्टार २०८२ सम्पन्न भएको हो ।

डान्सिङ स्टार २०८२ मा शिशु निकेतन मावितर्फ निश्मा कुमाल विजेता बनिन भने सतिस्मा थापा उपविजेता बनिन । यस्तै, कालिका मा वि तर्फ विवश लामिछाने विजेता बन्दा प्रविशा क्षेत्री उपविजेता बनिन । यसैगरी, सिङ्गिङ स्टार २०८२ मा शिशु निकेतन मावितर्फ सन्जोक गोदार विजेता बन्दा सौरभ गिरि उपविजेता बने । यस्तै, कालिका मावितर्फ सफल पौडेल विजेता बन्दा आगम ढकाल उपविजेता बने । विजेता तथा उपविजेताहरुलाई एक कार्यक्रमका बिच ट्रफी प्रदान गरिएको थियो ।

शिशु निकेतन माविले विगतका केही वर्षहरु देखि नै निरन्तर शैक्षिक, शैक्षणिक गतिबिधीसंगै अतिरिक्त क्रियाकलाप संचालन गर्दै आइरहेको विद्यालयका प्रधानाध्यापक मनोज मल्लले जानकारी दिए । उनले विद्यार्थीहरुको अन्तरनिहित क्षमताको प्रस्फुटन र मनोबल उच्च बनाइराख्नका लागि प्रतियोगिताको आयोजना गरेको बताए ।

कार्यक्रमका अवसरमा बोल्दै हिसान स्याङ्जाका अध्यक्ष लेखनाथ रेग्मीले डान्सिङ तथा सिङ्गिङ स्टार २०८२ आयोजना गरेर विद्यालयले विद्यार्थीहरुको अन्तरनिहित क्षमता अभिवृद्धिमा रचनात्मक कार्य गरेको बताए । उनले प्रतियोगितामा विजेता तथा उपविजेता विद्यार्थीहरुलाई बधाई व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै गरि रचनात्मक र महत्वपूर्ण कार्यक्रम र क्रियाकलाप संचालन गर्नका लागि विद्यालयलाई शुभकामना समेत व्यक्त गरे ।

कार्यक्रममा प्याब्सन स्याङ्जाका अध्यक्ष राजेन्द्र बहादुर गोदार, विद्यालयका संचालक गोविन्द प्रसाद शर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए । सो अवसरमा विभिन्न विद्यामा अग्रसर रहेका विद्यालयका शिक्षकलाई प्रसंशापत्र समेत प्रदान गरिएको थियो ।

विद्यालयका प्रधानाध्यापक मनोज मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन शिक्षकहरु लक्ष्मण मल्ल र मन्जु थापा क्षेत्रीले गरेका थिए । कार्यक्रममा शिक्षक तथा विद्याहरुको प्रस्तुतिले थप रौनकता प्रदान गरेको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि