७ पुष २०८२, सोमबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

बजार अनुमगनमा विभाग थप सक्रिय

काठमाडौँ, २० मङ्सिरः बजार अनुगमन तथा निरीक्षणलाई पछिल्ला दिनमा प्रभावकारी बनाइरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका आठ उद्योग तथा फर्मलाई कारवाहीको दायरामा ल्याएको छ ।
विभागले काठमाडौँ महानगरपालिका–१७ नयाँबजारको ओम साइलाई रु १५ हजार जरिवाना गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ र दफा ३८ घ बमोेजिमको कसुरमा सोही ऐनको दफा १ क बमोजिम कारवाही गरिएको जनाएको छ ।
विभागले पशुपति जिपर हाउस, जेएन माउण्टेन गियर, सजिन एग्रो प्याकेजिङ ईण्डष्ट, शक्ति फुड प्रालि, सुप्रिम ईण्डस्ट्रिज, श्री रत्न रोलिङ मिल्स र बिरा फर्निचरलाई सामान्य निर्देशन दिएको छ । त्यसमध्ये सुप्रिम इण्डस्ट्रिजलाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र विभागमा सम्पर्क राख्न भनिएको छ ।
सो ऐनअनुसार आवश्यक कागजात नराखेको पाइएकाले कारवाहीको दायरामा ल्याइएको विभागले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि