२ माघ २०८२, शुक्रबार
कोशी मुख्‍य समाचार समाचार

व्यावहारिक सीप अभिवृद्धि गर्नुपर्नेमा जोड

बेलबारी मोरङ, १९ मङ्सिरः स्थानीयस्तरमा जडान गरिने सौर्य लिफ्टिङ प्रणाली तथा लघु जलविद्युत् आयोजना डिजाइन, सञ्चालन र मर्मत सम्भार सम्बन्धी व्यावहारिक सीप अभिवृद्धि गर्नुपर्ने आवश्यकतामा जोड दिइएको छ ।

कोशी प्रदेश सरकारअन्तर्गतको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले विभिन्न डिभिजन कार्यालयमा कार्यरत इञ्जिनियरलाई लक्षित गरी सञ्चालन गरिएको तीनदिने तालिम समापनका अवसरमा सौर्य लिफ्टिङ प्रणाली तथा लघु जलविद्युत् आयोजना डिजाइन, सञ्चालन र मर्मत–सम्भार सम्बन्धी ज्ञानको अभावमा धेरै आयोजना नियमित सञ्चालनमा आउन नसकेकाले यस किसिमका तालिम कार्यक्रमबाट व्यावहारिक सीप अभिवृद्धिमा सहयोग पुग्ने सहभागी वक्ताहरुले बताए ।

तालिमको उद्घाटन गर्दै खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले तालिममार्फत मन्त्रालय अन्तर्गतका प्राविधिक कर्मचारीको सौर्य पम्पिङ प्रणाली डिजाइन तथा लघु जलविद्युत् आयोजनाको मर्मत सम्भार सम्बन्धी प्राविधिक क्षमता विकासमा सहयोग पुग्ने बताएका थिए ।

तालिम समापनमा सहभागीलाई प्रमाणपत्र वितरण गर्दै मन्त्रालयका सचिव पुष्करप्रसाद पोखरेलले मन्त्रालयबाट चालु तथा आगामी वर्षमा कार्यान्वयन गर्ने पम्पिङ योजना र लघु जलविद्युत् मर्मत सम्भार परियोजनाको कार्यान्वयनलाई सहज बनाउने अपेक्षा गरे ।

मन्त्रालयले हरेक वर्ष नवीकरणीय ऊर्जा क्षेत्रमा विनियोजन गरेको बजेटको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालय र मातहतका डिभिजन कार्यालयमा कार्यरत प्राविधिक कर्मचारीलाई सक्षम बनाउने उद्देश्यले यस्ता तालिम कार्यक्रम आयोजना गर्दै आएको छ ।

जिआइजेड नेपालअन्तर्गतको रिप–ग्रीन कार्यक्रमको सहयोगमा सञ्चालित यस तालिममा प्रदेशभरका डिभिजन कार्यालयबाट २४ जना प्राविधिक कर्मचारी सहभागिता रहेको थियो । रिप–ग्रीन कार्यक्रमले प्रदेश सरकार तथा स्थानीय तहलाई नवीकरणीय ऊर्जा प्रवर्द्धन, योजना निर्माण, प्राविधिक परामर्श तथा कार्यान्वयनमा निरन्तर सहयोग गर्दै आएको छ ।

विशेषगरी पहाडी भेगमा उपयोगी हुने लघुजलविद्युत् आयोजनाका विषयमा थप धेरै कुरा सिक्ने र बुझ्ने अवसर मिलेको तालिममा सहभागी खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनकुटामा कार्यरत घनश्याम बोहोरा बताउछन् ।

त्यसैगरी, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय झापामा कार्यरत एञ्जल काफ्ले पनि सौर्य ऊर्जा तथा लघु जलविद्युत् आयोजनामा आवश्यक प्राविधिक दक्षता वृद्धि गर्ने, योजना कार्यान्वयन थप प्रभावकारी हुने तथा ग्रामीण क्षेत्रमा दिगो ऊर्जा पहुँच विस्तारमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि