१२ माघ २०८२, सोमबार
बागमती मुख्‍य समाचार समाचार

तीस जना कैदीबन्दी त्रिपालमुनि

चितवन, १९ मङ्सिरः जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा त्रिपालमुनि राख्नुपर्ने बाध्यता रहेको छ । कैदीबन्दीमध्ये ३० जना त्रिपालमुनि राख्नुपरेको छ । भवनभित्र सुत्ने ठाउँ अभाव भएपछि उनीहरु त्रिपालमुनि रात बिताउन बाध्य भएका हुन् ।

जेनजी आन्दोलनपछि भागेर फर्किएका कैदीबन्दीमध्ये ४६ जनालाई स्थानान्तरण गर्दा भित्र कोठामा ठाउँ नपुग्दा उनीहरुलाई त्रिपालमुनि राख्न बाध्य भएको हो । कारागार कार्यालयका प्रमुख रविन्द्रप्रसाद ढुङ्गानाका अनुसार भवनभित्र ठाउँ नपुगेपछि अहिले दुई ठाउँमा १५ जनाका दरले त्रिपालमुनि राखिएको छ । कैदीबन्दीको चाप बढेसँगै राख्ने ठाउँको अभावका कारण उनीहरुलाई त्रिपालमुनि राख्नुपरेको हो ।

विगतमा पनि कैदीबन्दी त्रिपालमुनि बस्नुपर्ने अवस्था रहेको बताउँदै उनले गत आर्थिक वर्षमा केही ठाउँजस्ता हालेर बनाइएको जानकारी दिए । चिसो र गर्मीको समयमा त्रिपालमुनि बस्न कैदीबन्दीलाई समस्या हुने गरेको उनले बताए । उनले भने, भित्र बस्ने ठाउँ प्रयाप्त छैन, त्रिपालमुनि राख्नुपरेको छ, चिसोका कारण बिरामी हुन्छनकी भन्ने डर छ ।

यस वर्ष त्रिपाल रहेको ठाउँमासमेत जस्ता हाल्ने योजना रहेको उनले बताए । यस कार्यालयमा हाल ६३० कैदीबन्दी रहेका छन् । यहाँ ५९३ पुरुष र ३७ महिला रहेका छन् । उनीहरुसँग दुई जना आश्रितसमेत रहेका छन् ।

कारागारको क्षमता ३० महिला र ४७५ पुरुषको रहेको छ । गत भदौ २५ गते भागेका ७४३ कैदीबन्दी फर्कनेक्रम जारी रहेको छ । भागेका मध्ये अझै ११३ कैदीबन्दी फर्कन बाँकी छन् । त्यसमा दुई बालबालिका समेत रहेका छन् । उनीहरु फर्किएपछि थप कैदीबन्दी त्रिपालमुनि राख्नुपर्ने बाध्यता हुन्छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि