७ पुष २०८२, सोमबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ, १९ मङ्सिरः प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सर्वपक्षीय बैठक आज बस्दैछ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न उनले अपराह्न ४ बजे बस्नेगरी बैठक आह्वान गरेकी प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उक्त बैठकमा सहभागिताका लागि ‘जेनजी’ प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोग, सुरक्षा निकायका प्रमुखलगायतलाई पनि बोलाइएको छ । यस्तै, नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा लगायत राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिलाई आमन्त्रण गरिएको प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए ।

प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य निर्वाचनलाई केन्द्रित गर्दै सरकारले सरोकारभएका पक्षसँग निरन्तर छलफल गर्दै आएको छ । निर्वाचनका लागि आयोगले कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ ।
पुराना तथा नयाँ दलहरूले निर्वाचन केन्द्रित गतिविधिअगाडि बढाइरहेका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि