१२ माघ २०८२, सोमबार
बागमती मुख्‍य समाचार समाचार

स्थानीयको असहमतिले सरकारी भवन गोठमा परिणत

बाजुरा, १९ मङ्सिरः स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटमा रु दुई करोड ३६ लाख ६० हजार ३२६ खर्च गरेर बनाइएका भवन प्रयोग विहीन छन् ।

पालिकाले चार वर्ष पहिले क्याम्पस स्थापना गर्न ती भवन निर्माण गरेको हो । भवन प्रयोग नहुँदा जीर्ण भएका छन् । साथै दुवै भवन गोठमा परिणत भएका छन् ।

गाउँपालिकाले विद्यालय, वडा कार्यालय वा स्वास्थ्यचौकी सञ्चालन गर्न खोज्दा स्थानीयको विवादले भवन प्रयोगविहीन भएका गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले दुखेसो गरे ।

भवनले चर्चेका जग्गा शम्भु सुनन्दा माध्यमिक विद्यालयका नाममा छ । ती भवनमा स्थानीयले विद्यालय सार्न पनि मानेका छैनन् । गाउँपालिकाको तल्लो जुकोट र माथिल्लो जुकोटको विवादले भवन प्रयोग विहीन भएको हो । यद्यपि अध्यक्ष रोकायाले भवन सञ्चालनका निम्ति सम्बद्ध सबैसँग छलफल भइरहेको बताएका छन् ।
–––

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि