७ पुष २०८२, सोमबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

स्वरसम्राट्को ३५ औँ स्मृति दिवस आज

काठमाडौँ, १९ मङ्सिरः प्रेम, सामाजिक मूल्य, जीवनका अनुभव र सांस्कृतिक भावनालाई मुखरित गर्ने गीत गाएर नेपालको साङ्गीत फाँटमा बेग्लै परिचय बताएका नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस हो ।

उनको जादुमय स्वर र साङ्गीतिक सीपको कदर गर्दै स्वरसम्राट् उपाधिबाट नारायणगोपाल सम्मानित हुन् ।

‘लौ सुन म भन्छु, मेरो रामकहानी’ पर्खी बसेँ आउला भनीँ’ तिम्रो जस्तो मुटु मेरो पनि’ ए कान्छा ठट्टैमा, स्वर्गकी रानी, बिछोडको पीडा, जाग, लम्क, चम्क’ गल्ती हजार हुन्छन्, अल्झेछ क्यारे पछ्यौरी, ईश्वर तैँले रचेर फेरि’ उहाँले स्वर र सङ्गीत दिनुभएका गीत जनजिब्रोमा झुन्डिएका छन् ।

मूर्धन्य कलाकार नारायणगोपलको निधनपछि उनकै निवास महाराजगन्जमा स्थापना गरिएको नारायणगोपाल सङ्गीत कोषले आज विविध कार्यक्रम गरेर उनको स्मरण गर्दैछ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि