२ माघ २०८२, शुक्रबार
कोशी मुख्‍य समाचार समाचार समाज

बेमौसमी वर्षाले क्षति पुर्‍याएपछि झापामा धान उत्पादन घट्यो

झापा, १८ मङ्सिरः बेमौसमी वर्षाले धानखेतीमा क्षति पुर्‍याएपछि जिल्लामा यो वर्र्ष उत्पादन घटेको छ । गत असोज र कात्तिकमा आएको बेमौसमी वर्षाका कारण गत वर्षको तुलनामा धान उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

कार्यालयका प्रमुख सागर विष्टका अनुसार जिल्लामा यस वर्ष तीन लाख ५४ हजार ३५२ मेट्रिकटन धान उत्पादन भएको छ । गत असोज र कात्तिकको वर्षा कारण २३ हजार ५६४ मेट्रिकटन धान क्षति भएको उनले जानकारी दिए।

जिल्लामा ७२ हजार ७४३ हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आइएको केन्द्रले जनाएइको छ । धानको उत्पादकत्व प्रतिहेक्टर पाँच दशमलव १९ मेट्रिकटन रहेको प्रमुख विष्टले बताए। गत वर्ष ७५ हजार ४५९ हेक्टर जमिनमा धानखेती गरिएकामा तीन लाख ८२ हजार ८१२ मेट्रिकटन उत्पादन भएको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि