११ माघ २०८२, आईतवार
बागमती मुख्‍य समाचार समाचार

आज अन्तर्राष्ट्रिय अपांगता दिवसः मानवसेवा आश्रममा शारीरिक अपांगता भन्दा बौद्धिक अपांगता भएका व्यक्तिको बाहुल्यता

काठमाडौँ। आज डिसेम्बर ३, विश्वभर ३४औँ अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइँदैछ। “समानता, सम्मान र पहुँचस् सबैका लागि समावेशी समाज” भन्ने मूल सन्देशसहित मनाइने यस दिवसले अपांगता भएका व्यक्तिहरूको अधिकार, क्षमता र समाजप्रतिको योगदानलाई उजागर गर्दै सबैलाई जिम्मेवार बन्न आह्वान गर्छ।

मानवसेवा आश्रममा शारीरिक अपांगता भएका आश्रितहरू मात्र छैनन्, बौद्धिक अपांगता भएका व्यक्तिहरू पनि संरक्षणमा छन्। आश्रममा शारीरिक अपांगताभन्दा बौद्धिक अपांगता भएका व्यक्तिहरूको संख्या बढी रहेको देखिन्छ। उनीहरूको स्वास्थ्य, उपचार, पुनर्स्थापना र सम्मानजनक जीवनयापन सुनिश्चित गर्न आश्रमले नियमित रूपमा सेवा प्रदान गर्दै आएको छ।

विशेषगरी आश्रमले शारीरिक रूपमा अपांगता भएका व्यक्तिहरूलाई रूद्राक्षको माला बनाउने, धूप बनाउने, साना हस्तकला सामग्री तयार पार्ने जस्ता सीपहरू सिकाएर जीवन बिताउने अवसर दिइरहेको छ। यसरी सीप सिकेका व्यक्तिहरूले आफ्नो क्षमता अनुसार आश्रमभित्र नै कार्य गर्न पाउने भएकाले उनीहरूको आत्मविश्वास बढ्ने र पुनर्स्थापना सहज हुने व्यवस्था गरिएको छ।

संयुक्त राष्ट्रसंघले यो दिवस १९९२ देखि मनाउन थालेको हो। यसको उद्देश्य अपांगता भएका व्यक्तिहरूका जीवनमा रहेका संरचनात्मक अवरोधहरू हटाउँदै शिक्षा, स्वास्थ्य, रोजगारी, पहुँचयुक्त संरचना र सामाजिक सहभागितामा समान अधिकार सुनिश्चित गर्नु हो।

नेपालमा पनि लाखौँ शारीरिक तथा बौद्धिक अपांगता भएका नागरिकहरू छन्। सरकारले सामाजिक सुरक्षा भत्ता, पुनर्स्थापना केन्द्र, सीप विकास कार्यक्रम र पहुँचयुक्त सेवा विस्तार जस्ता पहल अघि बढाइरहेको भए पनि धेरै नागरिक अझै सुरक्षा, उपचार र सम्मानजनक जीवनबाट बञ्चित छन्।

यस्तो परिस्थितिमा मानवसेवा आश्रमले संरक्षण, हेरचाह, उपचार, सीप विकास र पारिवारिक पुनर्मिलनसम्मका सेवा प्रदान गर्दै अपांगता भएका व्यक्तिहरूलाई सुरक्षित र सम्मानजनक जीवन सुनिश्चित गरेको छ।

आजको अन्तर्राष्ट्रिय अपांगता दिवसले समाजलाई प्रत्येक अपांगता भएका व्यक्तिप्रति समान व्यवहार, करुणा र समझदारी प्रकट गर्न र समावेशी समाज निर्माणमा योगदान पुर्‍याउन प्रेरित गर्दछ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि