११ माघ २०८२, आईतवार
बागमती मुख्‍य समाचार समाचार

मानवअधिकार सम्मान र पुरस्कार घोषणा

काठमाडौँ, १६ मङ्सिर : राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारको संरक्षण र संवर्द्धनका लागि योगदान गर्ने मानव अधिकारकर्मीलाई २०८२ सालमा प्रदान गर्ने सम्मान र पुरस्कारको निर्णय गरेको छ ।

आयोगका सदस्य मनोज दुवाडीको संयोजकत्वमा गठित सिफारिस समितिको आज बसेको बैठकले सो निर्णय गरेको हो । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलका अनुसार स्व दयाराम परियार स्मृति सम्मान–२०८२, शङ्कर लिम्बू इलाम, मानव अधिकार पुरस्कार–२०८२ पत्रकार मेनुका ढुङ्गाना अछामलाई दिने निर्णय गरिएको छ । लिम्बू आदिवासी जनजातिको अधिकारका लागि लामो समयदेखि अनवरत रुपमा कार्यरत रहेका छन् ।

त्यसैगरी ढुङ्गाना अछाममा रहेर पत्रकारिताको माध्यमबाट मानव अधिकारका विषयवस्तु, विशेषतः महिला अधिकार र न्यायप्राप्त गर्नबाट वञ्चितहरुका सवाललाई जुझारु रुपमा उठान गरेका थिए ।

मानव अधिकार सम्मान र पुरस्कारको राशि जनही रु ५० हजारसहित सम्मानपत्र÷प्रमाणपत्र रहेको छ । सम्मान र पुरस्कार २०८२ मङ्सिर २४ गते अन्तरराष्ट्रिय मानव अधिकार दिवस १० डिसेम्बर को कार्यक्रमका बीच प्रदान गरिने छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि