५ पुष २०८२, शनिबार
मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार सुदूरपश्चिम

रास्वपा बाजुराको प्रथम विस्तारित बैठक तथा भेला मंसिर २४ गते  बस्दै

बाजुरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला समिति बाजुराले प्रथम विस्तारित बैठक तथा भेला बोलाएको छ ।

रास्वपा जिल्ला समितिले यहीँ मंसिर २४ गते बिहान ११ बजेबाट जिल्ला सदरमुकाम मार्तडीमा बस्ने गरी प्रथम विस्तारित भेला बोलाएको हो ।

रास्वपा जिल्ला समिति सभापति नवराज जैशीले पार्टी केन्द्रको सर्कुलर अनुसार जिल्लाको संगठनात्मक राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउन प्रथम विस्तारित बैठक बस्न लागेको जानकारी दिए ।

बैठकमा जिल्ला समिति हेरफेर तथा रिक्त पदपूर्ति गर्ने, जिल्ला स्तरीय विभाग र आयोग गठन, पालिका–वडा समिति गठन तथा अधिवेशन गर्ने, आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक उम्मेद्धार सिफारिस गर्ने लगायतका विषयमा छलफल हुने सभापति जैशीको भनाइ छ ।

त्यस्तै रास्वपा जिल्ला समितिको प्रथम विस्तारित बैठकमा पार्टी केन्द्रीय नेतृत्वको प्रमुख उपस्थिति हुने भन्दै विभिन्न जिम्मेवारीमा रहेका नेता तथा पार्टीमा आस्थावान शुभचिन्तकहरुलाई उपस्थित हुन आव्हान समेत गरिएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि