११ माघ २०८२, आईतवार
बागमती मुख्‍य समाचार समाचार

सातौँ अन्तरराष्ट्रिय मर्यादित महिनावारी दिवस नेपालमा मनाइँदै

काठमाडौँ, १५ मङ्सिरः सातौँ अन्तरराष्ट्रिय मर्यादित महिनावारी दिवस नेपालमा मनाइने भएको छ । हरेक वर्ष लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत १४औँ दिन डिसेम्बर ८ तारिखका दिन विश्वभर अन्तरराष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइन्छ ।

दक्षिण गोलाद्र्धीय मर्यादित महिनावारी सञ्जाल र राधा पौडेल फाउन्डेसनको संयोजनमा राष्ट्रिय युवा परिषद् तथा मेन इन्गेज अलायन्स ग्लोबल, को सह–आयोजनामा अन्तरराष्ट्रिय मर्यादित महिनावारी लर्निङ कन्फरेन्स–२०२५ हुने भएको हो । आज पत्रकार सम्मेलनमार्फत सम्मेलन सञ्जालका प्रेस सल्लाहकार गोविन्द खड्काले यही डिसेम्बर ८ देखि १० गतेसम्म तीनदिने सम्मेलन काठमाडौँमा आयोजना हुने जानकारी गराए । यस वर्ष पनि ‘मर्यादा समानता मानव अधिकारका लागि मर्यादित महिनावारी नारासहित सातौँ अन्तरराष्ट्रिय मर्यादित महिनावारी दिवस नेपालसहित विश्वभरि मनाइने भएको हो ।

सम्मेलनमा नेपालसहित २१ देशबाट १४० भन्दा बढी प्रतिनिधि, विशेषज्ञ, नीति निर्माता, युवा तथा सरोकारवालाको उपस्थितिमा १२ विषयगत सत्र सञ्चालन हुनेछन् । सम्मेलनमा प्रस्तुतीकरण सत्र, प्यानल छलफल, प्लेनरी सत्र, कार्यशाला रणनीति तथा कार्य समूह गठन सत्रका रुपमा छलफल गरिनेछ ।

त्यसैगरी नेपालसहित अष्ट्रेलिया, बङ्गलादेश, बेनिन, भूटान, बुल्गेरिया, क्यामरुन, कङ्गो, फ्रान्स, जर्मनी, गिनिया, भारत, इटाली, आइवरी कोस्ट, मेक्सिको, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स, स्पेन, टोगों र अमेरिकाका प्रतिनिधिको सम्मेलनमा सहभागिता रहनेछ ।

राधा पौडेल फाउन्डेसन’की संस्थापक राधा पौडेलले यो सम्मेलनले ‘महिनावारी विभेद लैङ्गिक हिंसा हो, मानव अधिकारको उल्लङ्घन हो र महिनावारी विभेद विश्वभरि छ’ भन्ने सन्देशलाई समग्र रूपमा प्रवद्र्धन गर्ने लक्ष्य रहेको बताए । उनले भने, यो सम्मेलनले महिनावारीलाई मर्यादासँग जोडेर विश्वव्यापी रूपमा नीतिगत बहसलाई अगाडि बढाउने, अनुभव आदान–प्रदान गर्ने, प्रमाण–आधारित समाधान खोज्ने र सहकार्य सुदृढीकरणमा ऐतिहासिक टेवा पु¥याउने अपेक्षा गरेको छ ।

नेपाल सरकारको नेतृत्व र समन्वयमा नेपालबाट सुरु भएको यो दिवस आज विश्वका ७० भन्दा बढी देशमा मनाइने एउटा महत्वपूर्ण अन्तरराष्ट्रिय अभियानका रूपमा स्थापित भइसकेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि