राष्ट्रिय क्रिकेट टोलीका खेलाडी गुलसन झाले आफ्नो मानवीय पक्ष प्रस्तुत गर्दै हिजोको खेलमा “एनसेलको खेलमा सर्वाधिक चौका” जितेबापत प्राप्त गरेको सम्पूर्ण पुरस्कार रकम २५ हजार रुपैयाँ मानवसेवा आश्रमलाई दान गर्ने घोषणा गरेका छन्।
गुलसन झाले सामाजिक सञ्जालमार्फत उक्त रकम दान गर्ने जानकारी गराउँदै, आवश्यकतामा परेका व्यक्तिहरूको लागि मानवसेवा आश्रमले गरिरहेको सराहनीय कार्यमा आफ्नो सानो योगदान दिन चाहेको बताएका छन्।
खेलकुदमार्फत प्राप्त सफलतालाई सामाजिक उत्तरदायित्वसँग जोड्दै गरिएको झाको यो कार्यलाई धेरैले प्रशंसा गरेका छन् र यसले अरूलाई पनि समाजसेवाका लागि प्रेरित गर्ने अपेक्षा गरिएको छ।







