४ फाल्गुन २०८२, सोमबार
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

सीमान्तकृत समुदाय लक्षित आयमूलक कृषि कार्यक्रम

सुदूरपश्चिम, १५ मङ्सिरः सुदूरपश्चिम प्रदेश सरकारले एकल महिला, अपाङ्गता भएका, मुक्त कम्लहरी, सीमान्तकृत समुदाय लक्षित गरेर आयमूलक कृषि कार्यक्रम सुरु गरेको छ ।

कैलालीमा यो कार्यक्रमका लागि किसानहरु छनोट गरी काम अघि बढाइएको कृषि ज्ञान केन्द्र प्रमुख घनश्याम चौधरीले जानकारी दिए । प्रदेशका अन्य जिल्लामा पनि कार्यक्रम कार्यान्वयनको चरणमा छ ।

कार्यक्रम अन्तर्गत परिचयपत्र प्राप्त इच्छुक एकल महिला, अपाङ्गता भएका तथा विपन्न, मुक्त कम्लहरीलाई जनही रु १५ हजार बराबरको कृषि कार्य गरेबापत भुक्तानी कृषि ज्ञान केन्द्रमार्फत उपलब्ध गराइने जनाइएको छ ।

कार्यक्रममा तरकारी र च्याउखेती, मौरीपालन, रैथाने थारू आलुखेती गर्ने किसानलाई समेटेका छौँ, कार्यालय प्रमुख चौधरीले भने, छनोटमा परेका किसानले रु १५ हजारभित्र रहेर कृषि कार्य गर्नुपर्ने छ, कामको अनुगमन निरीक्षणपछि रकम भुक्तानी गरिने छ ।

यो कार्यक्रमका लागि जिल्लामा २०० किसान छनोट भएका छन् । चालु वर्षमा जिल्लाभरि यस्ता ४०० किसानलाई समेटेर आयमूलक कृषि गराउने सरकारको लक्ष्य छ । चालु वर्षमा यो कार्यक्रममा लागि कैलालीमा मात्रै रु ६० लाख बजेट विनियोजन गरिएको छ ।

सुदूरपश्चिम प्रदेशको कैलालीसहित सबै जिल्लामा कार्यान्वयन हुन लागेको यो कार्यक्रमबाट एकल महिला, मुक्त कम्लहरीलगायत सीमान्तकृत समुदायको आयआर्जन बढ्ने विश्वास गरिएको छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा एक स्थानीय तह दुई उत्पादनको नीति लिएको छ । यो नीतिबमोजिम प्रदेशका सबै ८८ स्थानीय तहमा स्थानीय तह विशेष पकेट क्षेत्र कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ ।

यो कार्यक्रमका लागि कृषितर्फ रु ४० लाख र पशुपालनतर्फ रु ४० लाख गरी प्रत्येक स्थानीय तहका लागि रु ८० लाख बजेट विनियोजन गरिएको छ । प्रत्येक स्थानीय तहमा कम्तीमा एक उत्पादन होस् भन्ने उद्देश्यले सबै स्थानीय तहलाई समान बजेट विनियोजन गरिएको जनाइएको छ ।

कार्यक्रम कार्यान्वयनको सिलसिलामा कैलालीका सबै १३ पालिका तहमा छुट्टाछुट्टै बालीको खेती गर्न सम्झौता भएर काम सुरु भइसकेको कृषि ज्ञान केन्द्रका प्रमुख चौधरीले बताए । कृषक, कृषक समूह, सहकारीमार्फत यो कार्यक्रम कार्यान्वयनमा आएको हो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि