११ माघ २०८२, आईतवार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आश्रम बसाइको ५० दिनपछि मेनुका ढुङ्गेलको पारिवारिक पुनर्मिलन

काठमाडौँ । सडकपेटीमा बेवारिसे अवस्थामा भेटिएकी ८० वर्षीय मेनुका ढुङ्गेलको मानवसेवा आश्रमले उद्धार गरेको ५० दिनपछि आइतबार पारिवारिक पुनर्मिलन गरेको छ।

उद्धारपछि स्वास्थ्य अवस्था सामान्य रहेकी मेनुका आश्रमका अभियन्तासँग आफ्नो बारेमा स्पष्ट रूपमा कुरा राख्ने अवस्थामा नै  थिइन्।

सामाजिक सञ्जालमा भिडियो हेरेपछि दक्षिणकाली नगरपालिका–७ फर्पिङ निवासी उनकी बुहारी पुष्पा ढुङ्गेल आश्रमको सम्पर्कमा आएपछि पारिवारिक पुनर्मिलनको प्रक्रिया अघि बढेको आश्रमले जनाएको छ। आवश्यक प्रारम्भिक प्रक्रिया पूरा गर्दै आश्रमले मेनुकालाई परिवारको जिम्मा लगाएको हो।

पुनर्मिलनको क्षणमा दुवै पक्षका परिवारजन अत्यन्त भावुक र खुसी देखिन्थे। आश्रमले यसअघि पनि घरपरिवारबाट बिछोडिएका थुप्रै व्यक्तिहरूलाई उद्धार गरी सुरक्षित रूपमा परिवारसँग मिलाइरहेको बताइएको छ।

कतिपय मानिसहरू हराएका आमाबुबा वा आफन्त भेटिन्छन् कि भन्ने आशामा आश्रमसम्म पुग्ने तर आफन्त नभेटिएर रित्तै फर्किनुपर्ने अवस्था पनि छ। तथापि, आश्रमले बिछोडिएका सयौँ परिवारलाई पुनर्मिलन गराएर लाखौँको गुन लगाएको अनुभव परिवारजनले व्यक्त गर्दै आएका छन्।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि