२ माघ २०८२, शुक्रबार
कोशी मुख्‍य समाचार समाचार

धरानमा खेलकुद महोत्सव हुने

इनरुवा सुनसरी, १४ मङ्सिरः सुनसरीको धरान उपमहानगरपालिकामा खेलकुद महोत्सव आयोजना हुने भएको छ ।

धरान खेलकुद मञ्चको आयोजनामा यही मङ्सिर २५ देखि पुस १० गतेसम्म खेलकुद महोत्सव हुने भएको अयोजक संस्थाका अध्यक्ष किशोर राईले जानकारी दिए। महोत्सवमा फुटबल, गल्फ, सुटिङ, बास्केटवल, हक्की, डोरी तान, आर्चरीलगायत खेलको प्रवद्र्धन गरिनेछ ।

धरानलाई खेलकुदको सहरका रुपमा विकास गर्ने उद्देश्यले खेलकुद महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवका अवसरमा विभिन्न खेलाडीलाई विशेष सम्मान गरिनेछ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि