११ माघ २०८२, आईतवार
बागमती मुख्‍य समाचार समाचार

पाकिस्तानी दूतावासको सहयोगमा ज्ञानोदयमा कम्प्युटर प्रयोगशाला निर्माण

काठमाडौँ, १४ मङ्सिरः नेपालस्थित पाकिस्तानी दूतावासको सहयोगमा काठमाडौँको बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालयमा कम्प्युटर प्रयोगशाला निर्माण भएको छ ।

नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हाशमीले शनिबार नव स्थापित प्रयोगशालाको उद्घाटन र हस्तान्तरण गरे । उनले पाकिस्तानका जनताबाट प्राप्त सहयोगका आधारमा नेपालमा शिक्षा र डिजिटल सिकाइको लागि निरन्तरताका लागि साथ दिइएको बताए ।

कार्यक्रममा पूर्वगभर्नर डा दीपेन्द्रबहादुर क्षेत्री, काठमाडौँ महानगरपालिकाको वडा नम्बर १३ का अध्यक्ष ध्रुवनारायण मानन्धर, जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख डा शमन्तमणि आचार्य, महाजगरको शिक्षा विभागका प्रमुख केशव ज्ञवालीलगायत सहभागी थिए ।

विद्यालयकी प्रधानाध्यापक विष्णु घिमिरे रिमालले विद्यालयलाई शिक्षण सहायताको रूपमा नवनिर्मित प्रयोगशालामा४०२ ब्रान्ड नयाँ कम्प्युटर, नयाँ फर्निचर लगायत सामग्री रहेका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि