११ माघ २०८२, आईतवार
बागमती मुख्‍य समाचार समाचार

सिन्धुलीको दुधैलीमा बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

रामेछाप । मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको दुधौली नगरपालिका–२ गागनमा आइतबार बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्को एक जनाको घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक सूर्य प्रकाश सुवेदीका अनुसार मृत्यु हुनेमा दुधौली नगरपालिका–३ का २५ वर्षीय महेश कुमार हुन्।  महेशको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका कमलामाई नगरपालिका–१४ चन्दनपुरका २५ वर्षीय दिपेश कुमारको दुधौली नगर अस्पताल सिर्थौलीमा उपचार भईरहेको छ  । दिपेशको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रहरीका अनुसार बिहान पोखराबाट कटारीतर्फ जाँदै गरेको बा ३ ख ७४६२ नम्बरको बस र डकाहाबाट झुगा तर्फ आउँदै गरेको ज ८ प ८१६४ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो । घटनापछि बस चालक फरार रहेको बताइएको छ ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि