११ माघ २०८२, आईतवार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

किसानको लागत उठ्नेगरी अण्डाको नयाँ मूल्य लागू

नारायणगढ चितवन, १३ मङ्सिर ः चिसो बढ्दै जाँदा अण्डाको खपत त बढेको छ नै, त्यसमाथि भारतीय सीमा क्षेत्रमा कडाइ भएपछि अवैध अण्डा रोकिएको कारण नेपाली अण्डाले राम्रो मूल्य पाउन थालेको छ । आजदेखि लागू हुनेगरी नेपाली अण्डाले किसानको लागत उठ्नेगरी नयाँ मूल्य पाएको सङ्घले जनाएको छ ।

शुक्रबार बसेको नेपाल लेयर्स कुखुरापालक सङ्घको बैठकले नेपाली अण्डा उत्पादन तथा बजारीकरणबारे छलफल गर्दै आजदेखि लागू हुनेगरी न्यूनतम समर्थन मूल्य निर्धारण गरेको सङ्घका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए । किसानको फार्म लागतलाई आधार मानेर जारी गरिएको मूल्यसूचीअनुसार यसको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ । नयाँ दरअनुसार अति ठूलो एक्स एल अण्डा प्रतिक्रेट ३० वटा रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम अण्डा रु ५३० र सानो अण्डा प्रतिपेटी रु ३२५० रहेको छ ।

अध्यक्ष पोखरेलका अनुसार अघिल्लो मूल्यभन्दा प्रतिक्रेट रु ४० ले वृद्धि भएको हो । भारतमा निर्वाचनका कारण सिमानामा कडाइ बढ्दा त्यहाँको अण्डा महँगो भएको र अवैध रूपमा नेपाल आउने मार्ग बन्द भएपछि नेपाली अण्डाले उचित मूल्य पाएको बताए । उजका अनुसार जाडो महिनामा अण्डाको खपत स्वभाविक रूपमा बढ्ने गर्छ । पोखरेलले भने, चिसोमा अण्डा खानुपर्छ भन्ने जनचेतना बढेकाले माग पनि बढेको छ ।

गत साउनमा पनि रु ५६० नै मूल्य पुगेको अण्डा त्यसपछि क्रमशः घट्दै गएको थियो । हाल फेरि क्रमशः वृद्धि हुँदै किसानले लागत उठाउन सक्ने अवस्थामा पुगेको सङ्घले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि