५ पुष २०८२, शनिबार
मुख्‍य समाचार विशेष समाचार समाचार सुदूरपश्चिम

सुदूूरपश्चिम प्रदेश सुरक्षा संयन्त्रको बैठक सम्पन्न

कैलाली, १२ मङ्सिरः यही मङ्सिर १६ गते धनगढीमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी हुने भएको छ । गोष्ठीमा सुदूरपश्चिम प्रदेशको समग्र शान्तिसुरक्षाको वस्तुगत अवस्था, समस्या तथा चुनौती, अपराध नियन्त्रण, सीमा सुरक्षा तथा आगामी निर्वाचनको विषयमा प्रदेशका तर्फबाट प्रतिवेदन पेस गर्ने प्रयोजनका लागि छलफल हुनेछ ।

आज यहाँ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको प्रमुख आतिथ्यता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीको अध्यक्षता बसेको सुदूूरपश्चिम प्रदेश सुरक्षा संयन्त्रको बैठकले चारवटै सुरक्षा निकाय, प्रदेश निर्वाचन कार्यालयको सहभागितामा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले संयोजन गरी प्रस्तुतीकरण तयार गर्ने निर्णय समेत गरिएको छ ।
उक्त निर्णय गरेको छे ।

सुरक्षा गोष्ठीमा व्यवस्थापकीय पक्ष जिल्ला प्रशासन कार्यालय कैलाली, आर्थिक व्यवस्थापन आन्तरिक मामिला तथा कानुन मन्त्रालय र जिल्ला प्रशासन कार्यालय कैलालीको साझेदारीमा गर्ने निर्णय भएको छ ।

यस्तै, प्रदेशअन्तर्गत रहेका आपत्कालीन गोदामघरहरुको व्यवस्थापन प्रचलित कानुनबमोजिम हुने गरी अनुगमन तथा निरीक्षणका लागि चारवटै सुरक्षा निकायको सहभागितामा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले यथाशीघ्र अनुगमन तथा निरीक्षण टोली गठन गरी महिनामा एकपटक निरीक्षणको व्यवस्था मिलाउने निर्णय गरिएको छ ।

धनगढी उपमहानगरपालिका–१३ धनगढी विमानस्थल परिसरभित्र रहेको प्रादेशिक आपत्कालीन गोदामघरको व्यवस्थापन प्रचलित कानुन बमोजिम गर्ने गरी सुरक्षा प्रबन्धका लागि मात्र आवश्यक जनशक्ति व्यवस्थापन गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीलाई सिफारिस गर्ने निर्णय गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि