११ माघ २०८२, आईतवार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार समाज

कर्णाली याक्स टोली प्रभावितः मानवसेवा आश्रमको निःस्वार्थ सेवा देखेर

काठमाडौँ। नेपाल प्रिमियर लिग एनपिएल मा सहभागी कर्णाली याक्स क्रिकेट टोलीले बुधबार मानवसेवा आश्रम रानीवन शाखाको अवलोकन गर्दै आश्रमले सञ्चालन गरिरहेको मानवीय सेवाको प्रशंसा गरेका छन्।

राष्ट्रलाई खेलकुदमार्फत अन्तर्राष्ट्रिय जगतमा चिनाइरहेका खेलाडीहरूले आफूहरू मात्र राष्ट्रका गहना नभई, आश्रमका सेवकहरूलाई असली नायक भएको उल्लेख गरे।

टोलीका कप्तान सोमपाल कामीले सरकारले गर्नुपर्ने काम आश्रमले गरिरहेको भन्दै आश्रमका पदाधिकारीहरूको उच्च मनोबल, समर्पण र आश्रितमा ल्याइरहेको सकारात्मक परिवर्तनको खुलेर प्रशंसा समेत गरेका छन्।

अवलोकनका क्रममा आश्रमकोतर्फबाट परिचयात्मक भिडियो प्रस्तुति मार्फत संस्थाको स्थापना, उद्देश्य, सेवा क्षेत्र, देशभर विस्तार भएका शाखा र सडकआश्रित नागरिकहरूको जीवन परिवर्तनका कथाहरूबारे टोलीलाई जानकारी गराइएको थियो ।

कार्यक्रममा प्रशिक्षक ज्ञानेन्द्र मल्ल, राजु बस्नेत, विदेशी खेलाडी विलियम बोसिस्टो, मार्क वाट, नन्दन यादव र गुल्सन झा सहित सम्पूर्ण टोलीको सहभागिता थियो। खेलाडीहरुले आश्रममा बसिरहेका बुवाआमालाई आफ्नै हातले भोजन दिएपछि — उनीहरुबीच निकै गहिरो आत्मीयता बनेका थियो।

आश्रम परिवारले कर्णाली याक्स लाई आगामी खेलमा सफलता मिलोस् भन्दै शुभकामना दिएका छन्। यस सकारात्मक भेटले खेलाडीहरु मात्र होइन — आश्रमका आश्रित नागरिकहरूमा पनि आत्मबल र खुशी थपेको आश्रमले जनाएको छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि