५ फाल्गुन २०८२, मंगलवार
मधेश मुख्‍य समाचार समाज

सडक बनाउन स्थानीयको दश लाख सहयोग

म्याग्दी, ११ मङ्सिरः आफ्ना घरआँगनलाई सडक सञ्जालसँग जोड्न काठमाडौँमा रहेका म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जावासीले रु १० लाख सहयोग गरेका छन् ।
गुर्जा समाजका अध्यक्ष लीलमाया छन्त्यालका अनुसार देउसीभैलो र सांस्कृतिक कार्यक्रमबाट सङ्कलन भएको रु रु १० लाख धौलागिरि गाउँपालिकला–२ लुलाङदेखि देउराली हुँदै गुर्जाको भैँसीमाने खोल्सासम्म पुगेको सडकलाई विस्तार गरी गुर्जा गाउँसम्म पु¥याउन पालिकालाई प्रदान गरिएको हो । यसअघि गुर्जाको ख्याली नाच समूहले रु एक लाख र हिमाली आमा समूहले रु दुई लाख सहयोग गरेका थिए ।

गुर्जामा सडक पु¥याउन सङ्घ सरकारले रु एक करोड ४० लाख, गाउँपालिकाले रु ३५ लाख, सहरी विकास मन्त्रालयबाट रु तीन करोड र गण्डकी प्रदेश सरकारबाट रु ५० लाख बजेट विनियोजन भएको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व