२ माघ २०८२, शुक्रबार
कोशी मुख्‍य समाचार समाचार

प्राज्ञिक विद्यार्थी परिषद् नेपालद्वारा मेरो देश, मेरो जिम्मेवारी अभियान सञ्चालन

विराटनगर, १० मङ्सिरः प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले मेरो देश, मेरो जिम्मेवारी नाराका साथ देशव्यापी शुचिता–जागरण अभियान २०८२ सुरुआत गरेको छ । विराटनगरमा आयोजित आज आयोजित पत्रकार सम्मेलन मार्फत् परिषद्ले देशभरका युवा र विद्यार्थीलाई सकारात्मक सोच, अनुशासन, इमानदारी र नागरिक जिम्मेवारीतर्फ उन्मुख गराउने उद्देश्यसहित अभियान प्रारम्भ गरिएको घोषणा गरेको हो ।

परिषद्ले सामाजिक नकारात्मकतालाई अन्त्य गर्न र सकारात्मक मूल्य–मान्यतालाई पुनःस्थापना गर्दै जिम्मेवार नागरिक निर्माण गर्ने अभियानको ध्येय रहेको छ ।

अभियान अन्तर्गत देशभरका क्याम्पस र समुदायमा ‘राष्ट्रका लागि सङ्कल्प कार्यक्रम, साहित्यिक–सांस्कृतिक गतिविधि, पोस्टर र सूचना–सामग्री वितरण तथा ‘नागरिक गोष्ठी’ आयोजना गरिने अभियानका संयोजक दिनेश कार्कीले जानकारी दिए । उनका अनुसार परिषद्ले युवाबीच नागरिक कर्तव्य र राष्ट्रप्रेमबारे स्पष्ट धारणासहित व्यवहारिक रूपान्तरणतर्फ प्रेरित गर्ने लक्ष्य राखेको छ । संयोजक कार्कीले भने ,देश परिवर्तनको आधार जिम्मेवार नागरिक निर्माण हो । युवा पुस्ताको सकारात्मक चेतना र अनुशासनबोधलाई सुदृढ बनाउँदै जाँदा मात्र राष्ट्र बलियो बन्छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि