१० मंसिर २०८२, बुधबार
कोशी मुख्‍य समाचार समाचार समाज

तेइस वर्षपछि पदममायालाई क्षतिपूर्ति

धनकुटा, ९ मङ्सिरः फैसलामा तोकिएभन्दा बढी कैदमा राखिएकी धनकुटाकी पदममाया गुरुङलाई कैद मुक्त भएको दुई दशकपछि सरकारले क्षतिपूर्ति दिएको छ ।

चौबिसे गाउँपालिका–१ बुधबारेकी ५७ वर्षीया पदममायालाई तोकिएकोभन्दा ५ वर्ष ६ महिना बढी कैदमा राखेबापत रु ६ लाख तीन हजार रकम क्षतिपूर्ति दिएको हो । उनलाई सोमबार गृह मन्त्रालयले धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कामार्फत चौबिसे गाउँपालिकाका अध्यक्ष र जिल्ला प्रहरी कार्यालयका प्रमुखको रोहवरमा जिल्ला प्रशासन कार्यालयमा उक्त रकम हस्तान्तरण गरेको हो ।

हस्तान्तरणपछि गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङले यस क्षतिपूर्तिले ‘राज्यले पनि गल्ती गरेपछि नागरिकप्रति उत्तरदायी हुनुपर्छ’ भन्ने कानुनी राज्यको प्रत्याभूति दिलाएको प्रतिक्रिया दिए । विक्रम संवत् २०४८ मा जबर्जस्ती करणीबाट जन्मिएकी शिशु हत्या कसुरमा गुरुङलाई धनकुटा जिल्ला अदालत र पुनरावेदनले २० वर्ष सजाय फैसला गरे पनि सर्वोच्च अदालतले ५ वर्ष कैद तोकेको थियो । यसअनुरुप २०५३ पुसमा कैद मुक्त हुनुपर्ने उनलाई राज्यले २०५९ असारमा मात्र जेल मुक्त गरिएको थियो । यस विषयलाई कानुन व्यवसायी निरञ्जन उप्रेतीले उनको क्षतिपूर्तिको माग गर्दै राज्यविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।

रिट उपर २०७४ सालमा सर्वोच्च अदालतले पीडित गुरुङको पक्षमा फैसला सुनाएको थियो । तर क्षतिपूर्तिसम्बन्धी कानुनको अभाव भएकाले गृह मन्त्रालयको पहल र मन्त्रिपरिषद्को निर्णयबाट पदममायालाई क्षतिपूर्ति दिलाउन सम्भव भएको मन्त्रालयकी शाखा अधिकृत समिता पोखरेलले जानकारी दिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि