१० मंसिर २०८२, बुधबार
कोशी मुख्‍य समाचार समाचार

सुक्खा क्षेत्रमा रु ३० लाखमा तीनवटा पोखरी निर्माण

भोजपुर, ९ मङ्सिरः पौवादुङमा गाउँपालिका–१ श्यामशिलामा निर्माण गरिएका तीनवटा सिँचाइ पोखरी सञ्चालनमा आएपछि स्थानीयलाई सहजता भएको छ । खेतीयोग्य उर्वरभूमि हुँदाहुँदै सिँचाइ अभावमा जमिन बाँझो बन्दै गएको अवस्थामा पोखरी निर्माणले २१ घरपरिवारलाई एकसाथ सिँचाइ गर्न सहयोग पुगेको छ ।

पोखरी निर्माण भएपछि चाँपे टोलका स्थानीयले एकसाथ सिँचाइ गर्न सक्ने अवस्था बनेको निर्माण उपभोक्ता समितिका अध्यक्ष शुभराज राईले बताए । पोखरी निर्माण भएपछि यहाँको सिँचाइ समस्या अन्त्य भएको उनको भनाइ छ । हाम्रो टोलमा तीनवटा ठूला सिँचाइ पोखरी निर्माण गरेका छौँ, उनले भने, सिँचाइ अभावमा हामीले धेरै समस्या भोग्दै आएका थियौँ, अहिले सहजता भएको छ ।

यहाँ प्रदेश सरकारको क्रमागत रूपमा प्राप्त रु ३० लाख बजेटबाट तीनवटा पोखरी निर्माण गरिएको पौवादुङमा–१ श्यामशिलाका वडाध्यक्ष राजेन्द्र राईले बताए । वडाको पहलमा प्रदेशसँग बजेट माग गरेर पोखरी निर्माण गर्न सफल भएको उनको भनाइ छ । सिँचाइ नहुँदा स्थानीयलाई समस्या थियो, यो चाँपे क्षेत्र तरकारी लगायत कृषि उत्पादनका लागि राम्रो मानिन्छ । तर सिँचाइ अभावमा देखिएका समस्या अब भने अन्त्य भएको छ”, उनले भने ।

सडकको राम्रो पहँुच रहेकाले सिँचाइ पोखरी निर्माणले स्थानीयलाई नगदेबाली खेतीका लागि सहयोग पुगेको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो । सिँचाइ विस्तार भएपछि यहाँका किसानले कृषिकर्म गरेर आयआर्जनमा जोडिने अवस्था बनेको उहाँको भनाइ छ । गाउँपालिकाभित्र रहेको कृषियोग्य क्षेत्रमा सिँचाइ सुविधा विस्तारमा जोड दिएको उपाध्यक्ष राईले बताउनुभयो । सिँचाइका लागि मुहान नभएको ठाउँमा प्लाष्टिक पोखरी वितरण गरेर पनि किसानलाई आवश्यक सहयोग गर्दै आएको उनको भनाइ छ ।

हाम्रो गाउँपालिका खुक्खाग्रस्त क्षेत्रमा पर्दछ, उपाध्यक्ष राईले भने, तर पनि किसानलाई खेतीमा सहजता पुर्याउनका लागि सिँचाइ पोखरी, निर्माण प्लाष्टिक पोखरी वितरणलगायतका कार्यक्रम सञ्चालन गरेका छौँ । पोखरी निर्माणले स्थानीयलाई तरकारीखेती गर्नका लागि सहजता भएको स्थानीयवासी भरतबहादुर कार्कीले बताए । पोखरीको पानी प्रयोग गरेर आफूले तरकारी तथा नगदेबालीको खेती गरिरहेको उनको भनाइ छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि