भोजपुर, ८ मङ्सिरः पौवादुङमा गाउँपालिका–१ श्यामशिलाको चाँपे गाउँमा ‘एक घर एक धारा’ जडान भएपछि स्थानीयवासी सहज भएका छन् । गाउँपालिका र वडाको पहलमा पिउने पानीको समस्या झेल्दै आएका ३० घर परिवारमा घरघरमा धारा जडान गरिएको हो ।
यहाँका पिउने पानीको समस्या रहेको चाँपे गाउँमा ‘एक घर, एक धारा’ जडान गरिएको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिए । पानीको चरम समस्या रहेका स्थानीयलाई लक्षित गरेर पानी वितरण गरिएको उनको भनाइ छ ।
स्थानीयको पानीको समस्या समाधानको लागि चाँपे गाउँमा पानी वितरण गर्न सफल भएका छौँ, वडाध्यक्ष तामाङले भने, यहाँका सबै घरमा शुद्ध पिउने पुगेको अवस्था छ । अब भने यहाँका स्थानीयको वर्षौँदेखिको पानीको समस्या समाधान भएको छ ।
यहाँ गाउँपालिकाबाट रु चार लाख ५० बजेट विनियोजन गरेर स्थानीयलाई पानी वितरण गरिएको पौवादुङमा गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो । गाउँपालिकामा ठूला–साना विभिन्न खानेपानी योजना सञ्चालन गरेर ‘एक घर एक धारा पु¥याउने लक्ष्यका साथ काम गरिरहेको उपाध्यक्ष राईको भनाइ छ ।
यहाँका ३० परिवारको घरमा धारा जडान गर्न सफल भएका छौँ, उनले भने, हाम्रो गाउँपालिकाको अन्य वडामा पानीको निकै ठूलो समस्या छ । ठूला योजना सञ्चालनसँगै यहाँका मुहानको संरक्षण गरेर स्थानीयको घरघरमा धारा पु¥याउने लक्ष्यका साथ काम गरिरहेका छौँ ।
‘एक घर, एक धारा अभियान सञ्चालन गरेर प्रत्येक घरमा शुद्ध पिउने पानी पु¥याइएपछि स्थानीयवासी खुसी भएका छन् । घरमा धारा जडान भएपछि वर्षौँदेखिको पानीको समस्या अन्त्य भएको स्थानीयवासी तारा तामाङले बताए । अब भने पानीको जोह गर्नको लागि घण्टौ समय बिताउनुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।
घरमा धारा नहुँदा पानीको निकै समस्या थियो”, उनले भने, अन्यत्रबाट बोकेर ल्याएर पानीको जोह गर्दै आएका थियौँ । घरमा नै धारा जडान भएपछि सहजता भएको छ ।
घरमा धारा नहुँदा घण्टौँ परबाट डोकोमा बोकेर ल्याएर पानीको जोह गर्दै आएको अर्की स्थानीयवासी सङ्गीता राईले बताए। घरको आगनमा धारा जडानले सरसफाइसँगै खेर गएको पानी करेसावारी प्रयोग गर्दै आएको उनको भनाइ छ ।
विगतमा पानीको जोह गर्न डोको बोकेर ल्याउनुपर्ने अवस्था थियो, उनले भने, अहिले धारा जडान भएपछि दैनिक कामकाजमा सहज छ । खेर गएको पानीको सदुयोग गरेर करेसाबारीमा प्रयोग गरिरहेका छौँ । गाउँपालिकाले गरेको कामले हाम्रो दैनिकीमा परिवर्तन ल्याएको छ ।







