१० मंसिर २०८२, बुधबार
कोशी मुख्‍य समाचार समाचार

झापामा ३५ हजारभन्दा बढी मतदाता थपिए

झापा, ७ मङ्सिरः जिल्लामा ३५ हजार ९८२ जना नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसी नेपालले कार्यालयमा उपस्थिति भएर जैविक विवरण बायोमेट्रिक्स मार्फत ११ हजार ७३३ र राष्ट्रिय परिचयपत्रमार्फत २४ हजार २४९ जना मतदाता थपिएका जानकारी दिए।

उनका अनुसार झापामा नयाँ थपिएका मतदातासहितको सङ्ख्या सात लाख १४ हजार ५९५ पुगेको छ । निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली दर्ता तथा अद्यावधिकका लागि थप गरेको समय पनि सकिएको छ ।

आयोगले राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने व्यवस्था गराएपछि अनलाइनबाट नाम दर्ता गराउनेको सङ्ख्या थपिएको कार्यालयका प्रमुख नेपालले बताए ।

थपिएका मतदाताले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलोपटक मतदान गर्न पाउनेछन् । अन्तरिम सरकारले अध्यादेशमार्फत निर्वाचन कानुन संशोधन गरेर नयाँ मतदाता अद्यावधिक गर्ने निर्णय गरेपछि हाल उमेर पुगेका नागरिकले मतदाताको सूचीमा नाम दर्ता गराएका हुन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि