धरान सुनसरी, ७ मङ्सिरः आगामी फागुन ७ गते कोसी एक्सिलेन्स अवार्ड, २०२६ अवार्ड आयोजना हुने भएको छ । इटहरीस्थित सोल्टी वेस्टेन्ड होटेलमा आयोजना हुने अवार्ड सिजनको तयारी सुरु भएको नयन मिडिया फाउन्डेसनका अध्यक्ष पवन अधिकारीले जानकारी दिए।
यस वर्ष अवार्डलाई अझ परिष्कृत र प्रभावशाली बनाउन तीन नयाँ विधा अटोमोबाइल, सङ्गीत र पुँजीबजार विधान पनि थप गरिएको उनले बताए । गत वर्ष शिक्षा, स्वास्थ्य, सञ्चार, साहित्य, पर्यटन, कृषि, कर्पोरेट, बैंकिङ, खेलकुद, सामाजिक, स्टार्टअप, टेक्नोलोजी र बिमा लगायत विधामा अवार्ड प्रदान गरिएको थियो ।
अवार्डका लागि निर्णायक समिति गठन गरिएको छ । समितिको प्रमुख सल्लाहकारमा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर महाप्रसाद अधिकारी रहेका छन भने । संविधानसभा सदस्य पवन शारडाको संयोजकत्वमा चार सदस्यीय निर्णायक मण्डल गठन गरिएको छ । अध्यक्ष अधिकारीले अवार्ड कार्यक्रमले प्रदेशको पर्यटन, व्यापार र सामाजिक सांस्कृतिक पहिचान प्रवर्द्र्धनमा योगदान गर्नेमा विश्वास व्यक्त गरे।







