५ फाल्गुन २०८२, मंगलवार
गण्डकी मुख्‍य समाचार समाचार

पर्यटक भन्छन् : बन्दीपुरका पुराना घरले लोभ्यायो

दमौली तनहुँ, ७ मङ्सिरः बन्दीपुरको हावापानी र संस्कृति लोभलाग्दो रहेछ, पहिलोपटक आएकी मलाई बन्दीपुरले लोभ्यायो, चितवनकी दीपा थापा मगरले भने । बन्दीपुरका पुराना घरहरु, यहाँको स्थानीयवासीको सम्मानसहित बोल्ने परम्परा झनै राम्रो पक्ष रहेको उनको भनाइ छ ।

दोस्रो पटक बन्दीपुर आएकी चितवनकै प्रतिभा निउरे सापकोटाले पनि यहाँका पुराना घरहरुले आकर्षण थपेको बताए । उनले भने, भक्तपुरे शैलीका घरहरु बन्दीपुरको आकर्षण हो ।

मुस्ताङ भ्रमण गरेर बन्दीपुर आइपुग्नुभएका काठमाडौँका प्रदीप जङ्गले बन्दीपुर अन्य गन्तव्यभन्दा फरक लागेको बताउनुभयो । बन्दीपुरको बजार राम्रो लागेको बताउँदै उनले थपे, “यसरी पुरानो घरहरु एकैठाउँमा देखेको थिइँन, नौलो लाग्यो ।

चितवनबाट आएर बन्दीपुर एक रात बिताएकी आशिका पौडेलले यहाँ निर्माण रहेको मिनी ग्रेटवालले चीनकै ग्रेटवालको झल्को दिने बताए। उनले भने, हामीले बन्दीपुरमा हाइकिङ पनि ग¥यौ, बन्दीपुर उपयुक्त पर्यटकीय गन्तव्यस्थल रहेकाले साथीभाइलाई पनि घुम्न जान सुझाव दिन्छु ।

पर्यटकीय नगरी बन्दीपुरमा यतिबेला पर्यटकको चाप बढेको छ । विगत केही दिनदेखि बन्दीपुरमा पर्यटकको आगमन बाक्लिएको हो । बन्दीपुर आउने पर्यटकहरुले विभिन्न जातजातिका सांस्कृतिक पोशाकमा सजिएर टिकटक बनाउने, तस्बिर खिच्ने समेत गरेका छन् ।

बन्दीपुर होटल व्यवसायी सङ्घका उपाध्यक्ष सुजन श्रेष्ठले जेनजी आन्दोलनपश्चात् बन्दीपुरको पर्यटन लयमा फर्किएको बताए । पहिले शुक्रबार र शनिबारमात्रै पर्यटकको चाप हुने गरेपनि अहिले दैनिकजसो पर्यटकको चाप रहेको उहाँले बताए । उनले भने यो बेला भनेको विदेशी पर्यटक आउने बेला पनि हो । स्वदेशी पर्यटकको पनि उत्तिकै चहलपहल छ ।

बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले बन्दीपुरमा दैनिक एक हजारको हाराहारीमा पर्यटक आउने गरेको र त्यसमध्ये दुई÷तीन सयले बास बस्ने गरेको जानकारी दिए । उनका अनुसार बन्दीपुरमा ६६ होटल रहेको र एकदिनमा चार हजार बास बस्न सक्ने क्षमता छ ।

प्रधानले जेनजी आन्दोलनका क्रममा बुकिङ गरिसकेका पर्यटकले पनि बुकिङ रद्द गरेको बताउँदै थपे, अहिले भने विदेशी भन्दा स्वदेशी पर्यटकको चाप बढेको छ । नेपाली पर्यटक दिनभर बन्दीपुरमा घुम्ने, रमाउने र फर्किने गरेका छन् । केहीले भने बन्दीपुरमै रात बिताउने गरेका छन् ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बन्दीपुरमा पर्यटकको बसाइ लम्ब्याउन बन्दीपुर भ्रमण वर्ष २०२५ सञ्चालन गरिएको जानकारी दिए । यहाँबाट विभिन्न हिमश्रृङ्खला आँखै अगाडी हेर्न सकिने भएकाले बन्दीपुर पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास भइरहेको थापाको भनाइ छ ।

विसं २०८१ सालमा दुई लाख पर्यटकले तनहुँको पर्यटकीय नगरी बन्दीपुर भ्रमण गरेका थिए । त्यसमध्ये विदेशी पर्यटक ६० हजार र स्वदेशी पर्यटक एक लाख ५० हजार रहेको जनाइएको छ । बन्दीपुरमा जापान, चीन, इटाली, स्पेन, नेदरल्याण्ड, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्याण्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, ताइवान, स्वीटजरल्याण्ड, मलेसिया, होल्याण्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस र अर्जेन्टिनाका पर्यटक आएको तथ्याङ्क छ ।

खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा मिनी ग्रेटवाल, तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यको रुपमा सूचीकृत गरेको छ ।

भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीबन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायतका स्थलहरु यहाँ आउने पर्यटकहरुको आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि