११ मंसिर २०८२, बिहीबार
मुख्‍य समाचार

करेन्ट लागेर गौरमा एक बालकको मृत्यु

रौतहट । रौतहटको गौरमा विधुतीय करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।
गौर नगरपालिका–८ स्थित विरबहादुर साहको नवनिर्मित चार तल्ले घरको छतमाथि खेलिरहेका बालकको करेन्ट लागेर शनिवार साँझ मृत्यु भएको हो ।
रौतहट प्रहरीका सूचना अधिकारी एवं डिएसपी विष्णुप्रदीप वस्यालका अनुसार सुनिल साहको ५ बर्षीय छोरा रितिककुमार साहको करेन्ट लागेर मृत्यु भएको हो ।
मौलापुर नगरपालिका–४ पतौरा घर भएर गौर नपा ५ स्थित विरबहादुरको घरमा डेरा गरी बसिरहेपनि उनकै वडा नम्वर ८ मा निर्माण भईसकेका चार तल्ले घरको कौशीमा खलिरहेको अवस्थामा करेन्ट लागेको उनले जानकारी दिए । यस घटना सम्बन्धमा अनुसन्धान जारी राखेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको