१२ मंसिर २०८२, शुक्रबार
बागमती मुख्‍य समाचार समाचार समाज

‘बोलेरो’ दुर्घटनामा मृत्यु

मुग्लिन चितवन, ७ मङ्सिर ः सवारी साधन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार कालिका नागरपालिका–११ सिद्धि कल्याण चौरस्थित भित्री सडकमा सिद्धिबाट कल्याणचौरतर्फ गइरहेको बा१८च८९७३ नम्बरको बलेरो गए राति १०ः३० बजे अनियन्त्रित भई दुर्घटना हुँदा चालक खैरहनी नगरपालिका–४ का राममणि न्यौपानेको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते न्यौपानेको उपचारका लागि भरतपुर अस्पतालमा पुर्याउँदा राति नै चिकित्सकले मृत घोषणा गरेको सूचना अधिकारी खनालले जानकारी दिए । बलेरो सडकदेखि अन्दाजी १५० मिटर तल खसेको थियो । बलेरोमा चालक न्यौपानेमात्र सवार रहेको जनाइएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि