१२ मंसिर २०८२, शुक्रबार
बागमती मुख्‍य समाचार समाचार समाज

हुलाकी राजमार्ग धनुषा खण्डः पुल निर्माणमा ढिलाई

काठमाडौँ, ७ मङ्सिरः हुलाकी सडक योजना कार्यालय जनकपुरले ६१ मोटरेवल पुल निर्माण गर्नुपर्ने भए पनि हालसम्म १८ वटाको ठेक्का व्यवस्थापन गर्न सकेको छैन । हुलाकी सडकका पर्ने २२ निर्माण सम्पन्न भई यातायात सञ्चालनमा आइसकेको छ ।

हाल २१ पुल निर्माणको चरणमा छन् । पुल निर्माणको काम प्रभावकारी हुन नसक्दा स्थानीयले अपेक्षित लाभ हासिल गर्न पाएका छैनन् । सो आयोजना अन्तर्गतका सडक कालोपत्रेको अन्तिम चरणमा पुगेको भए पनि पुल निर्माणले गति लिन सकेको छैन । स्रोतको अभाव तथा अन्य प्राविधिक समस्याका कारण ठेक्का व्यवस्थापन हुन समय लागेको आयोजनाले जनाएको छ ।

निर्माणको क्रममा रहेका पुललाई शिघ्र सम्पन्न गराउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आवश्यक पहल गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले सिरहा– धनुषा जोड्ने कमला नदीमा निर्माणाधिन समस्याग्रस्त पुल निर्माणलाई तदारुकता दिन र तीन सिफ्टमा काम गर्न निर्देशन दिएका छन् ।

शुक्रबार स्थलगत निरीक्षण गर्दै मन्त्री घिसिङले ठेक्का सम्झौता भएको १४ बर्ष पुग्दा समेत पुल मिर्नाण हुन नसकेको, पुन नबन्दा नागरिकले सास्ती खेप्नुपरेको भन्दै समस्या समाधान गर्न निर्देशन दिएका थिए । सोही क्रममा उनले हुलाकी सडकतर्फका सडक तथा पुल निर्माणको प्रगतिका बारेमा चासो राख्दै शिघ्र कार्यान्वयन गर्न आवश्यक निर्देशन दिएका छन् । ठेक्का व्यवस्थापन गर्नुपर्नेलाई तत्काल प्रक्रिया अगाडि बढाउन र निर्मााणका क्रममा रहेका पुललाई शिघ्र निर्माण गर्न मन्त्रालयले आवश्यक तदारुकता देखाएको छ ।

हुलाकी सडक आयोजना, जनकपुर खण्डको कूल चार सय तीन किलोमिटर मध्ये अब ६१ किलोमिटर खण्ड मात्रै कालोपत्र गर्न बाँकी रहेको छ । सो खण्डका काम धमाधम भइरहेको र कुनै अवरोध नभएका खण्डमा चालु आवको अन्त्यसम्म एउटा चरणमा पु¥याउन सकिने आयोजनाले जनाएको छ ।

सो योजना कार्यालय अन्तर्गत पूर्व पश्चिम तथा उत्तर दक्षिण गरी चार सय तीन दशमलव ६८ किलोमिटर सडक रहेको छ । त्यसमा दुई सय ९९ दशमलव ८० किलोमिटर नेपाल सरकारको बजेटबाट निर्माण भएको हो भने एक सय तीन दशमलव ८८ किलोमिटर सडक भारतीय अनुदान रहेको छ । हालसम्म तीन सय ४२ दशमलव ६८ किलोमिटर सडक कालोपत्र भइसकेको योजना प्रमुख कृष्णकुमार महत्तोले जानकारी दिए ।

सिरहाको बलान कमला सडक ९२९ दशमलव ९८ किलोमिटर० कालोपत्र भइसकेको छ । सिरहाको जम्दह लगडी गडियानी २७ दशमलव ४६ किलोमिटर सडक भने कालोपत्र हुन सकेको छैन ।

धनुषाको कदमचौक कपतौल तिनकौरिया ३० दशमलव ५८ किलोमिटर मध्ये २४ किलोमिटर कालोपत्र भएको छ । धनुषाकै यदुकुहा खजुरी महुवा सडक १० किलोमिटर मध्ये छ किलोमिटर कालोपत्र भएको छ । धनुषा र महोत्तरीको जनकपुर बसबिटी हर्दी पोखरी भिण्डा संग्रामपुर सडकको २० किलोमिटर मध्ये १८ किलोमिटर कालोपत्र भएको छ ।

सर्लाहीको एमआरएम बाँके संग्रामपुर सडकको २२ दशमलव ४८ किलोमिटर मध्ये २० दशमलव ७७ किलोमिटर कालोपत्र भएको छ । सोही जिललको फुलजोर त्रिभुवननगर २३ दशमलव दुई किलोमिटर पूरै कालोपत्र भएको छ । सर्लाहीकै सितलपुर मलगंवा खरैैईयाटोल पूर्व पश्चिम हुलाकी सडकको ४ दशमलव ३७ किलोमिटर० मध्ये ३८ किलोमिटर कालोपत्र भएको छ ।

सर्लाहीको नवलपुर मलंगवा सडकको २६ दशमलव ५९ किलोमिटर नै कालोपत्र भएको छ । सोही जिल्लाको नयाँरोड वरहथवा मधुवनीको ४० दशमलव ५८ किलोमिटर नै कालोपत्र भएको छ । सो जिल्लाको गोडैता महिनाथपुर माधोपुर जयनगर हनैर्या खण्डको १० किलोमिटर नै कालोपत्र हुन बाँकी रहेको छ ।

भारतीय अनुदानतर्फको धनुषा खण्डको विरेन्द्रजबार यदुकुहा महिनाथपुर सडकको ३२ दशमलव ३१ किलोमिटर मध्ये ३१ किलोमिटर कालोपत्र भएको छ । जनकपुर यदुकुहा सडकको १६ दशमलव ६३ किलोमिटर मध्ये १२ किलोमिटर कालोपत्र भएको छ । माईस्थान गौशला सम्सी सडकको २६ दशमलव ९४ किलोमिटर मध्ये २६ किलोमिटर कालोपत्र भएको आयोजनाले जनाएको छ ।

यस्तै जलेश्वर हर्दि सडकको २८ किलोमिटर नै कालोपत्र भएको छ । सो आयोजनाका लागि चालु आवको असोज मसान्तसम्म सात करोड नौ लाख बराबर खर्च भएको छ । हुलाकी सडक तथा पुल निर्मााण्का लागि रु ५९ करोड ९० लाख बजेट विनियोजन भएको छ । जग्गा खरिद, सडक विस्तारको क्रममा सडक सीमा भित्र पर्ने संरचनाको क्षतिपूर्तिका लागि रु पाँच करोड बजेट विनियोजन भएकामा रु एक करोड तीन लाख ९० हजार खर्च भएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि