५ फाल्गुन २०८२, मंगलवार
गण्डकी मुख्‍य समाचार समाचार

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौँ सभा सम्पन्न

काठमाडौँ, ५ मङ्सिरः पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौँ सभा सम्पन्न भएको छ । प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आज यहाँ सिंहदरबारमा सभा सम्पन्न भएको हो ।

त्यस अवसरमा कुलपति कार्कीले उत्कृष्ट विशेषज्ञ सेवासहित ५०० शय्यामा सञ्चालनमा रहेको प्रतिष्ठानलाई सरकारका तर्फबाट निरन्तर आवश्यक सहयोग हुने बताए । उनले पछिल्ला केही वर्षयता प्रतिष्ठानले अत्याधुनिक स्वास्थ्य उपकरणको व्यवस्था गरी लाखौँ नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराएको भन्दै प्रशंसा गरे ।

कुलपति कार्कीले प्रतिष्ठानले भरपर्दो स्वास्थ्य संस्थाका रूपमा विकास गर्नु सरकार र सबैका लागि गौरवको विषय भएको धारणा राखे ।

सभाले प्रतिष्ठानका उपकुलपति डा भरतबहादुर खत्रीले प्रस्तुत गर्नुभएको बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ । जसमा यस वर्षका लागि रु एक अर्ब ८९ करोड ४६ लाख रहेकामा जसमा सरकारबाट रु ३६ करोड ९५ लाख र आन्तरिक स्रोतबाट रु एक अर्ब ५२ करोड ५१ लाख रहेको छ ।

गत आर्थिक वर्षमा प्रतिष्ठानले सरकारबाट रु ५७ करोड १९ लाख पाएको थियो भने आन्तरिक स्रोतमा रु एक अर्ब १३ करोड रहेको थियो ।

विसं २०७२ मा पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रुपन्तारण गरिएको थियो । प्रतिष्ठानमा स्नातकोत्तरतर्फ एमडी, एमएसमा १३ विभागअन्तर्गत १०० विद्यार्थी अध्ययनरत छन् । स्नातकतर्फ एमबिबिएस, बिएनएस, बिएसी नर्सिङतर्फ १७० विद्यार्थी अध्ययनरत छन् ।

सभामा सहकुलपति एवं स्वास्थ्यमन्त्री डा सुधा गौतम, स्वास्थ्य मन्त्रालयका सचिव डा विकास देवकोटा, प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठ, सभाका सदस्य लगायतका उपस्थिति रहेको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि