१२ मंसिर २०८२, शुक्रबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

नेपाली कम्युनिष्ट पार्टीप्रति ओलीको आलोचना : वामपन्थी विचारबाट पतन भएकाहरुको एकता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले वामपन्थी विचारबाट झरिसकेका र पतन भइसकेकाहरुले नेपाली कम्युनिष्ट पार्टीका नाममा एकता गरेको बताएका छन् ।
शुक्रबार नेसनल भोलेन्टियर फोर्सको घोषणा सभालाई सम्बोधन गर्दै उनले वामपन्थीबाट र बामपन्थी विचारबाट पतन भइसकेका, उद्देश्यबाट र आचरणबाट कुहिइसकेकालाई एमालेमा कुनै स्थान नरहेको बताए ।
उनले भने,‘पार्टी सबभन्दा मजबुद बनाउन त्यति सजिलो छैन् । केही मान्छेहरु छन बाम एकता भनेर घाँटी बसुन्जेल कराएका छन् । हामी सँधै त्यसरी वाम एकता गर्दैनौं । परेका बेला जाग्छौं । वामपन्थीबाट झरिसकेका वामपन्थी विचारबाट पतन भइसकेका, उद्देश्यबाट र आचरणबाट कुहिइसकेकालाई एमालेमा कुनै स्थान छैन् ।’
त्यस्तै उनले स्वयंमसेवक फोर्स राष्ट्रिय हितका लागि लोकतन्त्र र संविधानको रक्षा लागि गठन भएको बताए । नेकपा एमालेसँग असहमति राख्नेका लागि पनि जिउधनको रक्षा गर्ने काम र अधिकारको लागि फोर्स गठन भएको भन्दै यसको गठन र मजबुदीसँग कोही पनि तर्सिन नपर्ने उनको भनाई छ ।
उनले भने, ‘स्वयंमसेवक फोर्स राष्ट्रिय हितका लागि, लोकतन्त्र र संविधानको रक्षा लागि गठन भएको हो । नेकपा एमालेसँग अथवा संगठनसँग असहमति गर्नेका लागि पनि जिउधनको रक्षा र अधिकारको लागि गठन भएको हो । त्यसैले यसको गठन, विकास र मजबुदीसँग कोही पनि आत्तिनुपर्दैन, तर्सिनुपर्दैन ।’
अध्यक्ष ओलीले घर फर्क अभियानमार्फत नेकपा एसबाट एमालेमा फर्कनेहरुलाई महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको जानकारी गराए ।
‘हामीले अस्ति भर्खरै नेकपा एकिकृत समाजवादी बनाउन जानुभएकाहरु एमालेमा फर्केर आउनु भएको छ । ती मध्ये नेताहरुलाई हामीले महाधिवेशन प्रतिनिधि हुने विशेष निर्णय गरेको छौं ।’
नेताहरूलाई युवा भेलामा जान नदिएर आक्रमणकारी र आतङ्क मच्चाउने काम अहिलेसम्म जारी रहेको बताउँदै अध्यक्ष ओलीले त्यस्ता क्रियाकलाप तत्काल रोक्न सरकारलाई आग्रह गरे ।

 

 

 

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि