१२ मंसिर २०८२, शुक्रबार
बागमती मुख्‍य समाचार स्वास्थ्य

जलनमा परेका अठार वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार गरिने

काठमाडौँ, ५ मङ्सिरः सुष्मा कोइराला मेमोरियल अस्पतालले जलनमा परेका १८ वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार गर्ने भएको छ ।

अस्पतालका प्रशासन प्रमुख प्रफुल्ल शर्माले आगोले पोलेका तथा अन्य कुनै कारणले जलनमा परेका बालबालिकालाई निःशुल्क उपचारको व्यवस्था गरिएको जानकारी दिए । गतवर्ष १४२ बालबालिकालाई निःशुल्क उपचार गरेको पनि उहाँले बताए।

अस्पतालका मेडिकल निर्देशक डा सन्तोष भण्डारीले १८ वर्षमुनिका जलनका विरामीलाई शल्यक्रिया, बेड, ड्रेसिङ, औषधिलगायत सेवा निःशुल्क उपलब्ध गराइने बताए ।

जलनका विरामीलाई उपचार गराउने मुख्य लक्ष्यसहित सन् १९९७ मा स्थापना भएको उक्त अस्पतालले हालसम्म पाँच लाखभन्दा बढी जलनका विरामीलाई उपचार प्रदान गरिसकेको जनाइएको छ ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको