१० माघ २०८२, शनिबार
बागमती मुख्‍य समाचार समाचार

भरतपुरको २१० किलोमिटर सडकमा स्मार्ट बत्ती

चितवन, ५ मङ्सिरः भरतपुर महानगरपालिका क्षेत्रको २१० किलोमिटर सडकमा स्मार्ट बत्ती जडान गरिएको छ । दुई चरणमा गरेर मुख्य चोकमा १६ वटा ‘हाइमास्ट’ र ७५ वटा मिनमास्ट बत्ती जडान गरिएको महानगरले जनाएको छ ।

महानगरपालिकाले ‘उज्यालो सहर भरतपुर अभियानअन्तर्गत नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा राजमार्ग र भित्री सडकमा छ हजार बत्ती जडान गरिएको महानगर प्रमुख रेनु दाहालले जानकारी दिए। उनका अनुसार राजमार्ग, सहायक राजमार्ग, पहुँच लिङ्क सडक, वडा सिमाना सडक, रणनीतिक महत्त्व र चहलपहल बढी हुने सडकमा बत्ती जडान गरिएको हो । दुई चरणमा गरेर रु ३५ करोडको लागतमा बत्ती जडान गरिएका हुन् ।

आन्तरिक तथा बाह्य पर्यटकलाई रात्रिकालीन सुरक्षाको अनुभूति दिलाउन उज्यालो सहर भरतपुर, अभियान सञ्चालन भइरहेको महानगर प्रमुख दाहालले बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि