१० माघ २०८२, शनिबार
बागमती मुख्‍य समाचार समाचार

विश्व बाल दिवसः खेलकुदमार्फत बालअधिकार र लैङ्गिक समानताको सन्देश

काठमाडौँ, ४ मङ्सिरः आज २० नोभेम्बर अर्थात् विश्व बाल दिवस । युनिसेफले नेपाल क्रिकेट सङ्घ क्यान र अष्ट्रेलियाली दूतावाससँगको साझेदारीमा आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा विशेष कार्यक्रममार्फत विश्व बाल दिवस मनाएको छ । बालअधिकार, लैङ्गिक समानता र खेलकुदले समाजमा सकारात्मक परिवर्तन ल्याउनसक्ने सन्देश प्रवाह गर्ने उद्देश्यले यो दिवस मनाइएको हो ।

यस वर्ष, युनिसेफ नेपालले क्यान र अष्ट्रेलियाली दूतावाससँगको साझेदारीमा ‘लेभलिङ द प्लेइङ फिल्ड नामक संयुक्त पहलमार्फत दिवस मनाएको हो । कार्यक्रमले क्रिकेटको लोकप्रियतासहित मुलुकभरका बालबालिकाका लागि समान अवसर प्रवर्द्धन गर्ने, किशोरी विद्यालयमा टिकाइ राख्ने, किशोरीलाई आवश्यक सेवासुविधामा पहुँच पु¥याउने, आफ्नो समुदायमा पूर्ण रूपमा सहभागिता जनाउन सक्ने बनाउनेलगायत उद्देश्य लिएको छ ।

कार्यक्रममा ३०० भन्दा बढी बालबालिकाको सहभागिता रहेको छ । जहाँ बालबालिकाले नेपालको राष्ट्रिय महिला क्रिकेट टोलीसँत मैत्रीपूर्ण क्रिकेट खेल पनि खेलेका छन् ।

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले सो अवसरमा उपस्थित भएका सम्पूर्णलाई धन्यवाद दिँदै भने, तपाईंहरूले हाम्रो देशप्रति देखाएको प्रेम र युवालाई संलग्न गराउने, सशक्त बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरेकोमा हामी आभारी छौँ ।

अष्ट्रेलियाली राजदूत लियान जोन्स्टनले किशोरीको शिक्षा, सीप र आत्मविश्वासमा केन्द्रित हुनु भनेको नेपालको भविष्यमा लगानी गर्नु भएको बताउँदै सशक्त बालिकाले सबल समुदाय तथा समृद्ध परिवार र समाज निर्माण गर्नसक्ने क्षमता राख्ने धारणा राखे ।

कार्यक्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भने, क्यानमा हामी सधैँ विश्वास गर्छौँ कि क्रिकेट केवल खेल मात्र होइन । यो आत्मविश्वास, अनुशासन र नेतृत्वको गुण विकास गर्ने एउटा मञ्च हो, जसले सक्षम र जिम्मेवार युवा नागरिक तयार पार्छ ।

युनिसेफकी नेपाल प्रतिनिधि एलिस अकुङ्गाले नेपाल सरकार, नेपाल क्रिकेट सङ्घ, अष्ट्रेलियाली दूतावास, शिक्षक शिक्षिका लगायत आम समुदायले बालबालिका र युवाको अधिकार प्रवर्द्धन तथा समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा गरेको प्रतिबद्धताका लागि धन्यवाद व्यक्त गरे ।

विश्व बाल दिवसको अवसरमा युनिसेफले युरिपोर्ट पोल पनि सुरु गरेको छ । उक्त पोलले बालबालिका र युवालाई बालअधिकारबारे आफ्ना विचार व्यक्त गर्न, समस्या समाधान प्रक्रियामा सहभागी हुन आग्रह गर्दछ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि