६ फाल्गुन २०८२, बुधबार
गण्डकी मुख्‍य समाचार समाचार

स्थानीयको सहयोगमा वडा कार्यालय पुनःसञ्चालन

गण्डकी, ४ मङ्सिरः जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त पोखरा महानगरपालिका–१७ को वडा कार्यालय स्थानीयको सहयोगमा सञ्चालनमा आएको छ ।

जनप्रतिनिधिले सहयोगका लागि आह्वान गरेपछि वडाका विभिन्न सङ्घसंस्था र व्यक्तिबाट कार्यालय सञ्चालनका लागि अत्यावश्यक सामग्री उपलव्ध गराइएको थियो ।

वडाध्यक्ष राधिका शाहीका अनुसार कार्यालय सञ्चालनका लागि कम्प्युटर, प्रिन्टर, फोटोकपी मेसिन, सिसी क्यामेरा, खानेपानी एवं आवश्यक फर्निचर स्थानीयले प्रदान गरेका छन् ।

पोखरा–१७ आँखा अस्पताल चोक निवासी गोमादेवी श्रेष्ठले खानेपानीको डिस्पेन्सर, जार र गिलास बोकेर वडा कार्यालयमा आउनुभएको जानकारी दिँदै वडाध्यक्ष शाहीले त्यसपछि ४६ सङ्घसंस्था र व्यक्तिबाट सहयोग प्राप्त भएको बताए ।

बिरौटामा रहेको वडा कार्यालय जीर्ण र साँघुरो भएपछि सेवा प्रवाहमा समस्या थियो ड्यामसाइडको पाँच रोपनीमा रु चार करोड ५८ लाख २६ हजारमा निर्माण गरिएको भवनबाट भदौ १५ गतेदेखि सेवा सञ्चालन भएको थियो २४ गतेको आन्दोलनमा खरानी भयो, राज्यको सम्पत्ति नोक्सान भएकामा दुःख व्यक्त गर्दै उनले भने ।
जेनजी आन्दोलनमा पोखरा महानगरपालिका कार्यालयसहित २६ वडा कार्यालयमा आगजनी भएको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि