६ फाल्गुन २०८२, बुधबार
गण्डकी मुख्‍य समाचार समाचार

राष्ट्रपति रनिङ शिल्डस् तनहुँका सात पालिकामा सम्पन्न, तीनमा जारी

दमौली तनहुँ, ४ मङ्सिरः विद्यालयस्तरदेखि नै विद्यार्थीमा खेलकुदप्रति रुचि बढाउने उद्देश्यसहित तनहुँका पालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना भइरहेका छन् । पालिकास्तरमा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न भएपछि जिल्ला खेलकुद विकास समितिले जिल्लास्तरीय प्रतियोगिता आयोजना गर्ने तयारी गरेको हो ।

दश पालिकामध्ये तनहुँका सात पालिकामा प्रतियोगिता सम्पन्न भएका छन् । तीनवटा पालिकामा प्रतियोगिता जारी छन् । भानु नगरपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, घिरिङ गाउँपालिकामा प्रतियोगिता सम्पन्न भएका छन् । व्यास नगरपालिकामा बुधबार मात्रै प्रतियोगिता सम्पन्न भएको छ ।

ऋषिङ गाउँपालिका, म्याग्दे गाउँपालिका र देवघाट गाउँपालिकामा भने प्रतियोगिता जारी छ ।

व्यासको उपाधि सत्यवतीलाई

यहाँको व्यास नगरपालिकाले आयोजना गरेको सातौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि व्यास नगरपालिका–२ स्थित सत्यवती माध्यमिक विद्यालयले जितेको छ । प्रतियोगितामा कुल १६ पदक जित्दै सत्यवती माविले उपाधि जितेको हो ।

सत्यवती माविले सात स्वर्ण, छ रजत र तीन कास्य पदक जितेको नगर खेलकुद विकास समितिका अध्यक्ष जीवन गुरुङले जानकारी दिए।

प्रतियोगितामा व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त माध्यमिक विद्यालय द्वितीय भएको छ । आदिकविले छ स्वर्ण, तीन रजत प्राप्त गरेको छ ।

व्यास नगरपालिका–६ स्थित महेन्द्रज्योति माध्यमिक विद्यालय १५ पदकसहित तृतीय भएको छ । महेन्द्रज्योतिले पाँच स्वर्ण, पाँच रजत र पाँच कास्य पदक जितेको छ ।

बाराही आवासीय माध्यमिक विद्यालय दश पदकसहित चौथो भएको छ । बाराहीले तीन स्वर्ण, चार रजत र तीन कास्य पदक जितेको छ । जनजुक्त शाही मावि पाँच पदकसहित पाँचौँ भएको छ । जनजुक्तले दुई स्वर्ण र तीन रजत पदक जितेको छ ।

निर्मल मावि छ पदकसहित छैटौँ भएको छ । निर्मलले दुई स्वर्ण, दुई रजत र दुई कास्य पदक जितेको छ । ग्रिनस्टार बोर्डिङ स्कुल तीन पदकसहित सातौँ भएको छ । ग्रिनस्टारले दुई स्वर्ण र एक रजत पदक जितेको छ ।

प्रतियोगितामा नगरपालिकाभित्रका ३३ विद्यालयको सहभागिता रहेको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि